‘काँग्रेसका मन्त्रीहरु एमालेसँग सहकार्यमा काम गर्नुहोस्’

Published on

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद डा. शेखर कोईरालाले काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले नेकपा (एमाले) सँग सहकार्य गरेर देखिने काम गर्न आग्रह गर्नुभएको छ । सरकार बाहिर रहेका काँग्रेसले त्यसकालागि दवाव दिन आवश्यक रहेको उहाँको भनाइ छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सांसद कोईरालाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एमालेसँग सहकार्य गर्न आवश्यक रहेको तर बाहिर रहेका अन्य सांसदहरुले खबरदारी गरिरहनुपर्ने आवश्यकता रहेको प्रष्ट पार्नुभयो । उहाँले आगामी निर्वाचनमा पनि एमाले नै काँग्रेसको प्रतिस्पर्धी हुने भएकाले बाहिर रहेका सांसदहरुले सरकारलाई गलत काम गर्न नदिन खबरदारी गर्नुपर्ने बताउनुभयो ।

नेता कोईरालाले २०८२ को मंसिरभित्र पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको बताउनुभयो । तोकिएको समय भन्दापछि धकेलेर अधिवेशन गरे काँग्रेस, लोकतन्त्र र देश कमजोर हुने बताउनुभयो । सांसद कोईरालाले भन्नुभयो, ‘नेपाली काँग्रेसको महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्छ भन्ने धेरै कार्यकर्ताको इच्छा छ । चार वर्षभित्र महाधिवशेन गर्नुपर्छ भन्ने हाम्रो विधानमा छ । तर केही कारणवश रोकियो भने एक वर्ष नेपाली काँग्रेसको विधानले रोक्न सक्नेछ । तर कुनै पनि हालतमा २०८४ को निर्वाचनपछि महाधिवेशन गर्ने केही साथीको तर्क छ, त्यसले नेपाली काँग्रेसलाई कमजोर बनाउँछ ।’ अहिले प्रमुख दुई दल सँगै सरकारमा सहकार्य गरे पनि भोलिको प्रतिष्पर्धी शक्ति पनि यी दुवै रहेको उहाँको भनाइ छ । “जो साथीहरु सरकारमा जानुभएको छ, ती साथीहरुले एमालेसँग सहकार्य गर्नुहोस् । हामी जो बाहिर छौँ, सत्ता पक्षमा छौं, हामीले खबरदारी गरिरहनु पर्छ ।’ सांसद कोईरालाले सरकारलाई खबरदारी गर्नु आफूहरुको दायित्व भएको बताउनुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...