माओवादीले आफ्नो कित्ता ‘क्लियर’ गर्नुपर्छ : सांसद बास्कोटा

Published on

काठमाडौँ । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद बाँस्कोटाले यस्तो बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)लाई लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो भन्दै प्रश्न गर्नुभयो । उहाँले पछिल्लो समय वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुह्लो बल्न लागेको हो कि भन्दै आशंका व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ? वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुह्लो बलेको हो ? सहमति त्यसमा हो याद गर्नुहोला त्यो चुह्लोमा कहिल्यै राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन तीन पाक्दैन। भ्रममा नरहनुहोला ।’ उहाँले माओवादी केन्द्र समाजवादी यात्रामा हो कि दक्षिणपन्थी यात्रामा आफ्नो कित्ता क्लियर गर्नुपर्ने बताउनुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...