नेता महतोलाई ताप्लेजुङमा कालो झण्डा

Published on

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई कालो झण्डा देखाइएको छ । विकास प्रेमी युवा समाज ताप्लेजुङले फुङलिङ नगरपालिका वडा ६ होटल प्यारिज अगाडि कालो झण्डा देखाइएको हो । फागुन ६ गतेदेखि ८ गतेसम्म नो केबलकार समूहले गरेको शान्तिपूर्ण मुक्कुमलुङ पदयात्रामा सहभागी भएको भन्दै कालो झण्डा देखाइएको छ । उहाँ फागुन ८ गतेका लागि तय गरिएको पदयात्राको अन्तिम दिनलाई सम्बोधन गर्न ताप्लेजुङको पाथिभरा मुक्कुमलुङ क्षेत्र आउनुभएको थियो ।

पदयात्रापछि काफ्लेपाटीमा रहेको केबलकारको निर्माणाधीन स्थलमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भएको थियो । झडपमा प्रहरी, शसस्त्र प्रहरी, आन्दोलनरतपक्ष र सवारी चालक गरी धेरै जना घाइते भएका थिए । यस्तै, झडपलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । सो दिनदेखि काफ्लेपाटी क्षेत्र तनाव ग्रस्त बनेको थियो । आज आन्दोलनरत पक्षहरूसँगै पूर्व उपप्रधानमन्त्री महतो पनि फुङलिङ बजार फर्किनुभएको थियो । सोही क्रममा विकासप्रेमी युवा समाज ताप्लेजुङले कालो झण्डा देखाएको हो । यसअघि पनि केबलकार निर्माणको पक्षमा समाजले ‘बृहत् नागरिक सदभाव र्‍याली निकालिएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...