साहित्यकार भट्टराई पुरस्कृत

Published on

काठमाडौँ । लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठान विराटनगरले आइतबार विराटनगरमा साहित्यकार राधा भट्टराईलाई पुरस्कृत गरेको छ । भट्टराईलाई साहित्यतर्फको पुरस्कार प्रदान गरिएको हो । विभिन्न ६ वटा कृतिका लेखक भट्टराईलाई १० हजार १ सय रुपियाँ नगदसहित पुरस्कृत गरिएको छ । कार्यक्रममा साहित्यकार भट्टराईको जीवनीमाथि साहित्यकार प्रतिमा निरौलाले प्रकाश पार्नुभयो । पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ कविराज न्यौपानेले साहित्यक्षेत्र राज्यको प्राथमिकता नपरे पनि समुदायस्तरमा गठन भएका प्रतिष्ठानहरूले साहित्यका जगेर्ना गरिरहेको बताउनुभयो । प्रतिष्ठानकी अध्यक्ष समिना पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा चेतना प्रतिष्ठानका अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी सम्मानित साहित्यकार राधा भट्टराईलगायतले बोल्नुभएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...