साहित्यकार भट्टराई पुरस्कृत

Published on

काठमाडौँ । लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठान विराटनगरले आइतबार विराटनगरमा साहित्यकार राधा भट्टराईलाई पुरस्कृत गरेको छ । भट्टराईलाई साहित्यतर्फको पुरस्कार प्रदान गरिएको हो । विभिन्न ६ वटा कृतिका लेखक भट्टराईलाई १० हजार १ सय रुपियाँ नगदसहित पुरस्कृत गरिएको छ । कार्यक्रममा साहित्यकार भट्टराईको जीवनीमाथि साहित्यकार प्रतिमा निरौलाले प्रकाश पार्नुभयो । पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ कविराज न्यौपानेले साहित्यक्षेत्र राज्यको प्राथमिकता नपरे पनि समुदायस्तरमा गठन भएका प्रतिष्ठानहरूले साहित्यका जगेर्ना गरिरहेको बताउनुभयो । प्रतिष्ठानकी अध्यक्ष समिना पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा चेतना प्रतिष्ठानका अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी सम्मानित साहित्यकार राधा भट्टराईलगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...