केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

Published on

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल प्रदान गरेर खेलको शुभारम्भ गर्नुभएको हो। प्रथम महिला राधिका शाक्यसहित पुग्नुभएका प्रधानमन्त्री ओलीले एपिएफ क्लव, नेपाल र ब्लाक बोल्ट क्लव, उज्बेकिस्तानबीचको पहिलो खेल अवलोकन गर्नुभएको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उहाँलाई विशेष उत्सवसहित शुभकामना दिइएको थियो। कलाकार बद्री पंज्ञेनी र समीक्षा अधिकारीले गीतबाटै प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको थियो।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...