कोशी प्रदेश खेलकुद महोत्सवको तयारी

Published on

काठमाडौँ । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१ को तयारी पूरा भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबार सामाजिक विकास मन्त्रालय विराटनगरमा पत्रकार सम्मेलन गर्दै फागुन १३ गतेदेखि १८ गते सम्म सञ्चालन हुने खेल महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बोर्डको २६औँ बैठकको निर्णय अनुसार बोर्डको वार्षिक कार्यक्रममा रहेको विभिन्न खेलका सम्मिलत खेलकुद महोत्सवको सम्पूर्ण तयारी सम्पन्न भएको बताउनुभएको छ ।

बस्नेतले महोत्सवमा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीको सहभागिता हुने बताउँदै महोत्सव आयोजना गर्न झण्डै १ करोड ७८ लाख रुपियाँ खर्च हुने जानकारी दिनुभयो । उहाँले नियमित खेलकुद प्रतियोगिताले खेलाडीको प्रतिभामा निखार ल्याउने बताउँदै ‘खेल गतिनै खेलाडीको प्रगति’ हो भन्ने मान्यता स्थापित गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईले कोशी प्रदेशमा नियमित खेल गतिविधि हुँदा यस्ता गतिविधिले कोशी प्रदेशलाई १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिक पदक जित्न सहयोग पुग्ने बताउनुभयो ।

राईले नियमित खेलकुद प्रतियोगिताले खेलाडीको जीवन निर्वाहमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलाडीले खेलेरै जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सबैपक्ष लाग्नुपर्ने मन्त्री राईको भनाइ थियो । महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कबड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतानलगायत खेलकुद प्रतियोगिता समावेश छन् ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...