फोहोर नउठेपछि कावासोती दुर्गन्धित

Published on

काठमाडौँ । नगरपालिकाले झुक्याएको भन्दै नवलपुरको डण्डामा रहेको अङ्कुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि सदरमुकाम कावासोती दुर्गन्धित बनेको छ । नगरपालिकाले कुनै पनि दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई वर्गीकरण गरी कुहिनेलाई कम्पोष्ट मल बनाउने, नकुहिनेलाई पुनः प्रयोग गर्नेलगायतका सहमति पालना नगरेको भन्दै वनले फोहोर फाल्न नदिएको हो ।

यस्तै पालिकाले बजेट विनियोजन गर्दा अन्य वनलाई जस्तै अङ्कुरलाई पनि बजेट विनियोजनमा प्राथमिकता दिनुपर्ने, बिग्रेका मेसिनहरु मर्मत गर्नुपर्ने, फोहोर आजको आजै वर्गीकरण गर्नुपर्ने र वर्गीकरणपछि मात्र फोहोर उठाउने माग राखेको छ । जसका कारण कावासोतीमा १० दिनदेखि फोहोर उठ्न सकेको छैन । नगरपालिकाले सहमतिविपरीत फोहोर उठाएकाले विसर्जन गर्न नदिएको वनका अध्यक्ष लोकबहादुर केसीले बताउनुभयो । नगरपालिकासँग आइतबार भएको छलफल सहमति नजिक पुगेको भए पनि अहिलेसम्म सङ्कलन भएको फोहोरलाई पहिले वर्गीकरण गरेर मात्र फोहोर उठाएर विसर्जन गर्न दिने अध्यक्ष केसीले बताउनुभयो ।

कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले सामुदायिक वनले फोहोर व्यवस्थापनका लागि केही सर्त राखेर नगरपालिकामा पत्र बुझाएको र सोही विषयमा कार्यपालिकामा छलफल गरेर निर्णय गरिने बताउनुभयो । वनसँग भएको छलफल सहमति नजिक पुगेको भुसालकोे भनाइ छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले अङ्कुर सामुदायिक वनका पदाधिकारीसँग भएको छलफलमा ११ बुँदे सहमतिको ड्राफ्ट भएको र नगरपालिकाले प्राथमिकताका आधारमा सहमति कार्यान्वयन गर्दै जाने तर फोहोर भने उठाइहाल्नुपर्ने बताउनुभयो ।

नगरपालिकाले अङ्कुर सामुदायिक वनको नजिकै रहेको केरुङ्गे खोला छेउमा विगत ५ बर्षदेखि फोहोर फाल्दै आएको छ । नगरपालिकाले फोहोर उठाउनका लागि बर्षेनी टेण्डर आह्वान गरेर ठेक्कामा फोहोर उठाउन दिने गरेको छ । जस वापत नगरपालिकाले फोहोर सङ्कलन गर्दा घरघरबाट उठेको रकमको २४ प्रतिशत रकम लिने गरी ठेक्का लगाएको हो ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...