चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँः अध्यक्ष महतो

Published on

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेश सरकारको बेथितिविरुद्ध सङ्घर्ष गर्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकामा भइरहेको गैरन्यायिक सडक विस्तारको विरुद्धमा पनि सङ्घर्ष जारी राख्ने बताउनुभयो । चुरे दोहन, वन विनास तथा मधेस सरकारको बेथितिविरुद्ध पार्टीले गरेको आन्दोनलका विषयमा परिषद बैठकमा छलफल हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘सङ्घर्षहरूको सम्बन्धहरूमा हामी यहाँ छलफल गर्छौँ । आगामी दिनमा गरिने सङ्घर्षका बारेमा हामी आवश्यक निर्णय लिन्छौँ । त्यस्तै, कोशी प्रदेश नाम खारेजीको सङ्घर्ष । मधेश सरकारको बेथितिविरुद्धको सङ्घर्ष, चुरे दोहन गिटी बालुवा उत्खनन तथा वन विनाशविरुद्धको सङ्घर्ष, बागमती प्रदेश नाम खारेजीको सङ्घर्ष । त्यस्तै उपत्यकाको गैरन्यायिक सडक विस्तार खोला नदी मापदण्डविरुद्धको सङ्घर्ष आदि सङ्घर्षमा हाम्रो सहभागिता भइरहेको छ ।’’ विस्तारित बैठकमा अध्यक्ष महतो लगायत केन्द्रीय परिषद सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।विविध विषयमा छलफल तथा निर्णय गर्न सोमबार बसेको परिषद् बैठक मङ्गलबारसम्म जारी रहने पार्टीले जनाएको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...