पूर्वराजा ज्ञानेन्द्रद्वारा कुल मन्दिरमा पूजा

Published on

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो कुल देवताको मन्दिरमा पूजापाठ गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित आलमदेवी मन्दिरमा शाहले मङ्गलबार पूजापाठ गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको हो । नेपालमा गणतन्त्र आएपछि पहिलो पटक तत्कालिन राजा शाह कुलपूजाका लागि आलमदेवी मन्दिरमा आई पुग्नु भएको उहाँको सचिवालयले जनाएको छ । केही दिनदेखि पोखरा बस्दै आउनु भएका शाह सोमबार साँझ स्याङ्जाको वालिङमा आउनु भएको थियो । पूर्व राजपरिवारका सदस्यहरु आफ्नो कुल मन्दिरमा नियमित पूजापाठका लागि पुग्ने गरेको कालीगण्डकी गाउँपालिका–४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डेले जानकारी दिनुभयो । तत्कालिन राजाको स्वागतमा स्याङ्जाका विभिन्न स्थानमा समर्थकहरुको भीड लागेको थियो ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...