पूर्वराजा ज्ञानेन्द्रद्वारा कुल मन्दिरमा पूजा

Published on

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो कुल देवताको मन्दिरमा पूजापाठ गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित आलमदेवी मन्दिरमा शाहले मङ्गलबार पूजापाठ गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको हो । नेपालमा गणतन्त्र आएपछि पहिलो पटक तत्कालिन राजा शाह कुलपूजाका लागि आलमदेवी मन्दिरमा आई पुग्नु भएको उहाँको सचिवालयले जनाएको छ । केही दिनदेखि पोखरा बस्दै आउनु भएका शाह सोमबार साँझ स्याङ्जाको वालिङमा आउनु भएको थियो । पूर्व राजपरिवारका सदस्यहरु आफ्नो कुल मन्दिरमा नियमित पूजापाठका लागि पुग्ने गरेको कालीगण्डकी गाउँपालिका–४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डेले जानकारी दिनुभयो । तत्कालिन राजाको स्वागतमा स्याङ्जाका विभिन्न स्थानमा समर्थकहरुको भीड लागेको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...