केबुलकार विवाद : आन्दोलनरत पक्षले अघि सारे चार सर्त

Published on

काठमाडौँ । ताप्लेजुङमा निर्माणाधीन केबुलकारको विवादलाई समाधान गर्नका आन्दोलनरत पक्षले चार सर्त अघि सारेका छन् । गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेपछि आन्दोलनरत पक्षले चार सर्त अघि सारेको हो । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा दिगो, शान्ति, सार्थक र परिणाममुखी वार्ताका लागि सङ्घर्षरत पक्षबाट वार्ताको वातावरण तयर गर्ने चार सर्त अघि सारेको जानकारी गराएको छ । सर्तहरूमा मन्त्रीस्तरीय वार्ता समिति निर्माण गरी आन्दोलनरत पक्षलाई आधिकारिक पत्राचार गर्नु पर्ने, आन्दोलनका क्रममा ताप्लेजुङ, सुनसरी लगायत स्थानबाट पक्राउ गरिएकाहरूलाई निसर्त रिहाइ गरी ताप्लेजुङको निषेधाज्ञा हटाउनु पर्ने अघि सारिएको छ ।

यस्तै, केबुलकार निर्माण कार्य बन्द गरी निर्माण स्थलबाट सामग्री, ठेकेदार, कामदार र मजदुर फिर्ता गर्नु पर्ने, पाथीभरा मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने सर्त अघि सारेका छन् । गृह मन्त्रालयले यस अघि फागुन ९ गते सोमबार आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको थियो । केबुलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि गत माघ २२ गृह मन्त्रालयद्वारा वार्ता टोली गठन गरिएको थियो । ‘नो केबुलकार’ समूहले फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमको अन्तिम दिन ८ गते केबुलकारको निर्माण स्थल काफ्लेपाटीमा ‘नो केबुलकार’ समूह र प्रहरीबिच झडप भएको थियो ।

उक्त झडपको क्रममा प्रहरी, सवारी चालक र आन्दोलनरत पक्षसहित १३ जना घाइते भएका थिए भने, झडपलाई नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रु ग्यास समेत प्रहार गरेका थिए । काफ्लेपाटीमा चार दिनसम्म विरोध प्रदर्शन गरी आन्दोलनरत समुह शनिबार साँझदेखि सदरमुकाम केन्द्रित भएका थिए । शनिबार साँझ पनि नो केबुलकार समूह र प्रहरीबिच झडप हुँदा २३ घाइते भएका छन् । झडपको क्रममा ११ जना प्रहरीसहित २३ जना घाइते भएका हुन् । ११ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये एक जना प्रहरी र तीन जना आन्दोलनरत पक्षका कार्यकर्तालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । यस्तै, आन्दोलनको क्रममा आपराधिक उपद्रव र हुलदङ्गा गरेको भन्दै १७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...