घोडाघोडी मन्दिरमा भक्तजनको भीड

Published on

काठमाडौँ । कैलालीको घोडाघोडी मन्दिरमा महाशिवरात्री पर्वका अवसरमा यहाँ दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि भिड लागेको छ । विश्वरामसार सूचीकृत जैविक विविधताले महत्त्वपूर्ण घोडाघोडि तालको जति महत्त्व छ उतिनै समिपमा रहेको घोडाघोडी मन्दिरको समेत रहेको छ । यहाँ लाग्ने विभिन्न धार्मिक पर्व मध्य महाशिवरात्री पर्वलाई सबैभन्दा ठुलो मानिन्छ । परापूर्वकालदेखि घोडाघोडी मन्दिरमा शिवरात्री पर्वका अवसरमा पूजा तथा अर्चना गरिँदै आएको स्थानीय भक्तजनहरु बताउँछन् । थारू र पहाडी समुदायको धार्मिक धरोहरको रुपमा घोडाघोडी रहेको घोरीघोरा पूजा व्यवस्थापन समितिका अध्यक्ष बुधराम चौधरीले बताउनुभयो । बिहानैदेखि टाढाटाढाबाट आउने भक्तजनहरुलाई सहजरुपमा दर्शन तथा पूजाअर्चनाका लागि सुरक्षाकर्मीको सहयोगमा लाइन लागेर पालोपालो दर्शन गर्ने व्यवस्था मिलाएको अध्यक्ष चौधरीले बताउनुभयो । शिवरात्री पर्वकै अवसरमा घोडाघोडी मन्दिर परिसरमै औपचारिक धार्मिक कार्यक्रमको आयोजना गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...