डाँडाखेत–राहुघाट प्रसारण लाइनका ३५ टावर निर्माण

Published on

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनामा फाउन्डेसन तयार भएकामध्ये ३५ वटा टावर निर्माण सम्पन्न भएका छन् । बाँकी १५ वटा टावर निर्माणको अन्तिम चरणमा छन् । आयोजनाले ७८ वटा टावर निर्माण गर्नुपर्दछ । जिल्लाको मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर एक सय ३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ डिसेम्बर ३१ मा २६ मिलियन डलरमा ठेक्का सम्झौता गरिएको थियो ।

म्याग्दी र राहुघाट नदीमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान गर्न नेपाल सरकार र एसियन विकास बैंकको ऋण सहयोगमा उक्त प्रसारण लाइन निर्माण थालिएको हो । आयोजनाअन्तर्गत प्रसारण लाइनसहित डाँडाखेत र राहुघाटमा सबस्टेसन निर्माण गरिने भएको हो । आयोजनाअन्तर्गत डाँडाखेत सबस्टेसनको ८० प्रतिशत, प्रसारण लाइनको ६० प्रतिशत, राहुघाट सबस्टेसनको ३० प्रतिशत गरी समग्र रुपमा अहिलेसम्म ६० प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजनाका इन्जिनियर नरेश बरालले जानकारी दिनुभयो । उहाँका अनुसार राहुघाटमा निर्माण हुने सबस्टेसनका लागि पहिरो संरक्षण, मेसनरीवाल, पर्खाललगायतका पूर्वाधारको काम सकेर भवन निर्माण थालिएको छ ।

आयोजनाले मालिका गाउँपालिका ७ बिमको डाँडाखेतमा निर्माणधिन सबस्टेसन निर्माणलाई अन्तिम चरणमा आयोजनाका इन्जिनियर बरालले जानकारी दिनुभयो । सबस्टेसनमा पूर्वाधार निर्माणको काम सकेर उपकरण जडानको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । अहिले सम्म डाँडाखेत सबस्टेसनको ८० प्रतिशत भौतिक प्रगति भएको उहाँको भनाइ छ । उहाँका अनुसार आगामी तीन महिनाभित्रमा सबस्टेसन निर्माणको काम सक्ने उद्देश्यका साथ कामलाई तीव्रता दिइएको छ । ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाँडाखेत सबस्टेसनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गर्न थालिएको आयोजना प्रमुख रोशन अग्रवाले जानकारी दिनुभयो ।

आयोजना निर्माणको ठेक्का सम्झौता गत जुलाई १६ मा सकिएपछि आगामी २०२५ को नोभेम्बर १६ सम्म म्याद थप गरेर निर्माणलाई अगाडि बढाइएको छ । भूमिगत पानी र पहिरोका कारण राहुघाटमा सबस्टेसनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउन्डेसन सकेर संरचना बनाउन थालिएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताउनुभयो ।

म्याग्दी नदीमा निर्माणाधीन विभिन्न चारवटा जलविद्युत् आयोजना र रघुगङ्गा नदीमा ३५.५ मेगावाटको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठुलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । ५.५ मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठुलोखोला र १५ मेगावाटको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । म्याग्दी नदी र रघुगङ्गा नदीमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् दाना–खुर्कोट प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारणलाइन जोडिनेछ । प्रसारण लाइन निर्माणले तीव्रता पाएसँगै म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाहरुले निर्माणको कामलाई अगाडि बढाएका छन् ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...