हिमपातले लार्केपास गर्न पर्यटकलाई सकस

Published on

काठमाडौँ । उत्तरी गोरखामा तीन दिनदेखि परेको भारी हिमपातका कारण साम्दो पुगेका पर्यटकलाई लार्केपास गर्न सकस भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ साम्दो, सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा फागुन १४ गते बुधबारदेखि शुक्रबारसम्म निरन्तर रूपमा बाक्ले हिउँ परिरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटकहरू साम्दोमा रोकिएको अध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार लार्केपास हिँडेका पर्यटकहरू साम्दोमा रहेका होटलहरूमा आश्रय लिएर बसेका छन् । साम्दोको जम्माल होटेलमा १३, होटेल याकमा पाँच र धर्मशालामा चार जना गरी २२ जना पर्यटक तीन दिनदेखि गन्तव्यतर्फ जान नसकेपछि रोकिएका हुन् ।

‘‘जमिनदेखि १० इन्च माथिसम्म बाक्लो हिमपातले गर्दा लार्केपास हिँडेका पर्यटकको होटेल बसाइ लम्बिएको छ, होटेल व्यवसायी निमा लामा दोर्जेले भन्नुभयो, “एकटोली पर्यटक लार्केपास जान नसक्नु र अर्को टोली बिचबाटैमा रोकिनुपर्ने अवस्था आएको छ ।”
हिमपातका कारण स्थानीयवासीको दैनिक जनजीवनसमेत कष्टकर बनेको छ । खानेपानीका मुहानमा पानी जमेको छ भने वृद्धवृद्धा र बालबच्चालाई घरबाहिर निस्कनसमेत समस्या भएको अध्यक्ष लामाको भनाइ छ । हिमपातले चरिचरनमा समेत प्रभाव पारेकाले घरपालुवा गाईबस्तुमा घाँसको अभाव भएको उहाँ जानकारी उहाँले दिनुभयो ।

हिमपात तत्कालै रोकिने कुनै सम्भावना नदेखिएकाले पर्यटकहरू अझै केही दिन साम्दोमा नै बस्नुपर्ने अवस्था रहेको स्थानीय बीरबहादुर लामाले बताउनुभयो । ‘‘अहिले पनि साम्दोमा हिमपात रोकिएको छैन,’’ साम्दो पुग्नुभएका नेपाली गाइड उषा गुरुङले भन्नुभयो, ‘‘तीन दिन भयो साम्दोबाट अगाडि बढ्न सक्ने अवस्था छैन, १० दिनको अनुमति लिएको तर हिमपातले गर्दा तीन दिन साम्दोमा नै बितिसक्यो ।’’ बुधबारदेखि लार्केपास हिँडेको विदेशी पर्यटकहरू हिमपातले पदमार्ग पूरै ढाकेका कारण साम्दोमा रहेको होटेलमा आश्रय लिएर बस्न बाध्य भएको पथपदर्शक गुरुङले बताउनुभयो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...