हिमपातले लार्केपास गर्न पर्यटकलाई सकस

Published on

काठमाडौँ । उत्तरी गोरखामा तीन दिनदेखि परेको भारी हिमपातका कारण साम्दो पुगेका पर्यटकलाई लार्केपास गर्न सकस भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ साम्दो, सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा फागुन १४ गते बुधबारदेखि शुक्रबारसम्म निरन्तर रूपमा बाक्ले हिउँ परिरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटकहरू साम्दोमा रोकिएको अध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार लार्केपास हिँडेका पर्यटकहरू साम्दोमा रहेका होटलहरूमा आश्रय लिएर बसेका छन् । साम्दोको जम्माल होटेलमा १३, होटेल याकमा पाँच र धर्मशालामा चार जना गरी २२ जना पर्यटक तीन दिनदेखि गन्तव्यतर्फ जान नसकेपछि रोकिएका हुन् ।

‘‘जमिनदेखि १० इन्च माथिसम्म बाक्लो हिमपातले गर्दा लार्केपास हिँडेका पर्यटकको होटेल बसाइ लम्बिएको छ, होटेल व्यवसायी निमा लामा दोर्जेले भन्नुभयो, “एकटोली पर्यटक लार्केपास जान नसक्नु र अर्को टोली बिचबाटैमा रोकिनुपर्ने अवस्था आएको छ ।”
हिमपातका कारण स्थानीयवासीको दैनिक जनजीवनसमेत कष्टकर बनेको छ । खानेपानीका मुहानमा पानी जमेको छ भने वृद्धवृद्धा र बालबच्चालाई घरबाहिर निस्कनसमेत समस्या भएको अध्यक्ष लामाको भनाइ छ । हिमपातले चरिचरनमा समेत प्रभाव पारेकाले घरपालुवा गाईबस्तुमा घाँसको अभाव भएको उहाँ जानकारी उहाँले दिनुभयो ।

हिमपात तत्कालै रोकिने कुनै सम्भावना नदेखिएकाले पर्यटकहरू अझै केही दिन साम्दोमा नै बस्नुपर्ने अवस्था रहेको स्थानीय बीरबहादुर लामाले बताउनुभयो । ‘‘अहिले पनि साम्दोमा हिमपात रोकिएको छैन,’’ साम्दो पुग्नुभएका नेपाली गाइड उषा गुरुङले भन्नुभयो, ‘‘तीन दिन भयो साम्दोबाट अगाडि बढ्न सक्ने अवस्था छैन, १० दिनको अनुमति लिएको तर हिमपातले गर्दा तीन दिन साम्दोमा नै बितिसक्यो ।’’ बुधबारदेखि लार्केपास हिँडेको विदेशी पर्यटकहरू हिमपातले पदमार्ग पूरै ढाकेका कारण साम्दोमा रहेको होटेलमा आश्रय लिएर बस्न बाध्य भएको पथपदर्शक गुरुङले बताउनुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...