तम्घासमा बृहत् स्वास्थ्य शिविर हुने

Published on

काठमाडौँ । गुल्मीको सदरमुकाम तम्घासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको मुख्य आयोजनामा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । पत्रकार सम्मेलन मार्फत क्लबका अध्यक्ष श्रेष्ठले शनिबार अर्थात भोलि फागुन १७ गते महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन गरिने शिविरमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको विशेषज्ञ टोलीको प्राविधिक सहयोगमा शिविर हुने बताउनुभयो । शिविरमा विशेषज्ञ डाक्टरबाट मुटु रोग तथा मृगौला रोगसहित हविभिन्न रोगहरूको जाँच तथा उपचार सेवा प्रदान गरी सबै प्रकारका औषधी निःशुल्क वितरण गरिने उहाँले बताउनुभयो ।

जनरल फिजिसियन डाक्टरबाट सबै प्रकारका रोगहरूको चेक जाँच गर्ने प्रबन्ध मिलाइएको छ । इको, इसिजी तथा अन्य आवश्यक ल्याब परीक्षणहरू निःशुल्क परीक्षण हुने र सबै प्रकारका रोगहरूको निःशुल्क औषधी वितरण समेत गर्ने योजना बनाइएको छ । महेन्द्र माध्यमिक विद्यालय तम्घासको प्राङ्गणमा बिहान ८ः३० देखि अपराह्न ४ः०० बजेसम्म सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यस्तै, शिविरमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीसहित रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, इस्मा गाउँपालिका, छत्रदेव गाउँपालिका, धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको पनि सहयोग रहेको छ। यस शिविरबाट सबैलाई लाभ लिन र आफ्नो स्वास्थ्य परीक्षणका लागि अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...