फुटपाथ व्यवसायीलाई कारवाही

Published on

काठमाडौँ । तम्घास बजारका सडकपेटीमा फुटपाथ गर्ने पाँच अटेरी व्यवसायीलाई कारवाही गरिएको छ । पटक पटक सार्वजनिक सूचना जारी गरेर फुटपाथमा सामग्री नराख्न आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर कारवाही गरिएको रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिनुभयो । एक जना व्यापारीलाई दुई हजार रुपियाँ र चार व्यापारीको सामान जफत गरिएको उहाँले बताउनुभयो ।

यसका साथै एक सयभन्दा बढी फुटपाथ व्यवसायीलाई सडकपेटीभन्दा बाहिरी क्षेत्र मिचेर फुटपाथमा सामग्री नराख्न आग्रह गरिएको र एक हप्तापछि पुनः अनुगमन जाँदा यही अवस्था देखापरेमा कारवाही गरेरै छाड्ने खनालले चेतावनी दिनुभयो । फुटपाथ व्यवसायीले गर्दा ट्राफिक व्यवस्थापनका साथै पैदल यात्रीलाई असहज बनाएकाले फुटपाथका सामग्री हटाएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । नगरपालिकाले फुटपाथका व्यवसाय गर्ने घुम्ती व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय गुल्मी अगाडि निश्चित स्थान तोकेको छ । तोकिएको स्थानमा मात्र व्यवसाय गर्न नगरपालिकाले आग्रह गरेको छ । नगरप्रमुख प्रमुख खिलध्वज पन्थीले गुल्मी उद्योग वाणिज्य, चेम्बर अफ कमर्स र उद्योग सङ्घ गुल्मीलगायत सबैसँग बसेर छलफल गरेर व्यवसायीलाई पटकपटक भनिएको र अटेरी गरेपछि नगरपालिकाले थप कदम चाल्न बाध्य भएको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...