फुटपाथ व्यवसायीलाई कारवाही

Published on

काठमाडौँ । तम्घास बजारका सडकपेटीमा फुटपाथ गर्ने पाँच अटेरी व्यवसायीलाई कारवाही गरिएको छ । पटक पटक सार्वजनिक सूचना जारी गरेर फुटपाथमा सामग्री नराख्न आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर कारवाही गरिएको रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिनुभयो । एक जना व्यापारीलाई दुई हजार रुपियाँ र चार व्यापारीको सामान जफत गरिएको उहाँले बताउनुभयो ।

यसका साथै एक सयभन्दा बढी फुटपाथ व्यवसायीलाई सडकपेटीभन्दा बाहिरी क्षेत्र मिचेर फुटपाथमा सामग्री नराख्न आग्रह गरिएको र एक हप्तापछि पुनः अनुगमन जाँदा यही अवस्था देखापरेमा कारवाही गरेरै छाड्ने खनालले चेतावनी दिनुभयो । फुटपाथ व्यवसायीले गर्दा ट्राफिक व्यवस्थापनका साथै पैदल यात्रीलाई असहज बनाएकाले फुटपाथका सामग्री हटाएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । नगरपालिकाले फुटपाथका व्यवसाय गर्ने घुम्ती व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय गुल्मी अगाडि निश्चित स्थान तोकेको छ । तोकिएको स्थानमा मात्र व्यवसाय गर्न नगरपालिकाले आग्रह गरेको छ । नगरप्रमुख प्रमुख खिलध्वज पन्थीले गुल्मी उद्योग वाणिज्य, चेम्बर अफ कमर्स र उद्योग सङ्घ गुल्मीलगायत सबैसँग बसेर छलफल गरेर व्यवसायीलाई पटकपटक भनिएको र अटेरी गरेपछि नगरपालिकाले थप कदम चाल्न बाध्य भएको बताउनुभयो ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...