पाँच अस्पताल बन्द गर्ने निर्देशन दिएको छुः मुख्यमन्त्री सिंह

Published on

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा बिना दर्ता सञ्चालित पाँच वटा अस्पताललाई बन्द गर्न निर्देशन दिएको बताउनुभएको छ । अनुगमनको क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको भएको हो । शुक्रबार बेलुका उहाँले बर्दिवासको आठ अस्पताल अनुगमन गर्नु भएको थियो । तीमध्ये पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक सेवा सञ्चालन अनुमति नलिएकाले तत्काल बन्द गर्न भनिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले अस्पताल सञ्चालकहरूलाई विधि पूरा गरी अनुमति लिएपछि मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएको बताउनुभयो । अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक स्वीकृत रहेको पाइए पनि जनसेवा हस्पिटल र डि।एन।बि मेडिकेयर सेन्टरलाई नवीकरण गराउन भनिएको छ । उहाँ पछिल्लो समय भौतिक पूर्वाधार, उपकरण र जनशक्ति मापदण्ड नपुगेका अस्पतालहरू बन्द गर्न अभियान तीव्र बनाउँदै आउनुभएको छ । यसअघि मधेश प्रदेशको जनकपुर र वीरगन्जको अस्पतालमा अनुगमन गर्नुभएको थियो । त्यसक्रममा बिना दर्ता सञ्चालित जनकपुरका २० र वीरगन्जको एक गरी २१ वटा अस्पताल बन्द गराउनु भएको थियो ।

ताजा समाचार

कोशी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन...

‘विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ’

काठमाडौँ । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी...

कालीगण्डकीमा भारतीय नागरिक मृत फेला

काठमाडौँ । कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ...

ट्यांकरले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु, स्थानीयद्वारा आगजनी

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा...