रुपन्देहीमा हत्या गरिएको अवस्थामा युवाको शव फेला

Published on

काठमाडौँ । रुपन्देहीको मायादेवि गाउँपालिका–२ मा एकजना युवक हत्या गरिएको अवस्थामा मृत फेला परेका छन् । मायादेवि २ डञ्चहवाका २९ वर्षीय राकेश सिंह लोध हत्या गरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एस।पी रन्जितसिंह राठौरले जानकारी दिनुभयो । मृतक लोधको टोउकोमा गम्भीर चोट रहेको एसपी राठौरको भनाइ छ । प्रहरीले लोधको हत्या भएको हुने सक्ने जनाएको छ । प्रहरीका अनुसार लोधको आफ्नो दाईसँग अङ्शबण्डा लफडा रहेको थियो । स्थानियले भने लोधलाई गोलि हानेर हत्या गरेको जनाएका छन् ।

राकेश अविवाहित लोध घरमा एक्लै बस्दै आएका थिए । उहाँका बुबा आमा तथा दाजुभाई अन्यत्रै बस्दै आउनुभएको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार घटना शनिबा बिहान ७ः३० बजे तिरको हो । प्रहरीले बिहान ८ जानकारी पाएपछि घटनास्थल पुगेको जनाएको छ । प्रहरीले रगताम्य अवस्थामा लोधको शव फेला पारेको थियो । दाजुभाईबिच अङ्श मुद्दामा विवाद भएपछि अदालतमा मुद्दा समेत दर्ता भएको पारिवारिकले जनाएको छ । घटना पश्चात लोधका दाजु फरार रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र दाजुको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...