लागू औषध विरुद्धको महाअभियानलाई देशव्यापी बनाऔँ: गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लागू औषधमुक्त समाज निर्माणका निम्ती लागू औषध विरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभएको छ । शनिबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागू औषध विरुद्धको महाअभियान उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले लागू औषध व्यक्ति, परिवार हुँदै समाजकै लागि घातक रुपमा देखा परिरहेको बताउनुभयो ।
“ लागू औषध अत्यन्त चुनौतीका रुपमा देखिएको छ, युवाहरुमा नकरात्मक असर पारेको छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ सरकार, प्रहरीको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।”

लागू औषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले अभियानका रुपमा सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो । “ लागू औषध प्रयोगकर्ताको जीवन समाप्तीतर्फ गएकै छ । समग्र परिवार नै चिन्ता र पीडामा जान्छ । यसले अरु अपराधको पनि वृद्धि गरेको छ ।” उहाँले भन्नुभयो–“ समाजमा विविधखालको अपराध वृद्धि भइरहेको छ । धेरै अपराधको जगमा लागूऔषध छ ।” लागूऔषध विरुद्धको महाअभियान देशव्यापी रुपमा चलाउन जरुरी रहेको भन्दै उहाँले विद्यालय स्तरसम्म महाअभियान पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।

“महाअभियानलाई प्रत्येक जिल्ला पालिका र टोल, विद्यालय क्याम्पससम्म जोड्नुपर्छ । यदि समयमै नियन्त्रण गरेनौ भने दश/पन्ध्र वर्षमा एउटा पुस्ता नै नराम्रोसित प्रभावित हुने खतरा देखिराख्याछु । ” उहाँले भन्नुभयो–“ ‘जुन ढंगले लागूऔषधको ओसारपसार, भण्डारण र प्रयोग भइरहेको छ । त्यसले आगामी दश पन्ध्र वर्षमा भयाभहवस्थिती ल्याउने अवस्था देखिरहको छु ।”
“लागूऔषध मुक्त समाज निर्माणका लागि देशव्यापी बनाउन आवश्यक छ र प्रहरीलाई यो महाअभियान देशव्यापी रुपमा लैजान निर्देशन दिन्छु ।” गृहमन्त्री लेखकले भन्नुभयो–“यसमा सबै तहका सरकारले पनि सहयोग गर्न आवश्यक छ । यसलाई सबैले अभियानका रुपमा अगाडी बढाउनुपर्छ ।”

सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडी लागूऔषध एउटा कारकका रुपमा रहेको उहाँको भनाई थियो । “ एक दिनमा सात जनाको सवारी दुर्घटनामा मृत्यु र १७ जनाले दैनिक आत्महत्या गरिरहेको छ । यसका पछाडी पनि लागूऔषध कारक देखिन्छ ।” लेखकले भन्नुभयो–“समाजमा अपराध वृद्धि, अराजकता र बेतिथिका पछाडी लागूऔषध र मापद पदार्थ कारकका रुपमा देखा परेकाले समाजका धेरै अपराधहरुको नियन्त्रणका लागि लागूऔषध नियन्त्रण गर्न आवश्यक छ ।” लागूऔषध नियन्त्रण गर्न सके धेरै अपराधका कमी ल्याउन सकिने मन्त्री लेखकको भनाई छ ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...