मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

Published on

काठमाडौँ । जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर ३ लामाचौरमा मोटर साइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार राती रा २ प ७४० नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४२ वर्षीय रिम बहादुर खनालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भिंगृबाट चकचके तर्फ जाँदै गरेको मोटरसाइकलमा सवार तीन जना युवा घाइते भएका छन् । गम्भीर घाइते मोटरसाइकल चालक माण्डवी गाउँपालिका ३ नयाँ गाउँका १८ वर्षीय अभिषेक कार्की लाई उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार नयाँ गाउँका १८ वर्षीय सुमन पुन र वडा नम्बर ५ चकचके निवासी १७ वर्षीय शिशिर थापाको हात खुट्टामा सामान्य चोट लागेको छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...