लापसे गरी सवारी चलाउने चालक कारबाहीमा

Published on

काठमाडौँ । रामेछापमा लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने चालकहरू प्रहरीको कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गरेको विशेष चेक जाँचका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका दुई जना चालकलाई मन्थलीस्थित भैंसेश्वर चोकबाट नियन्त्रणमा लिएको छ । आइतबार मन्थली नगरपालिका–१ स्थित भैँसेश्वरमा गरिएको विशेष चेक जाँचका क्रममा लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाइरहेका एक जना र एक जना भ्यान चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप प्रमुख दीपक चौलागाईंले बताउनुभयो ।

मन्थली अस्पतालको प्राविधिक सहयोगमा गरिएको चेक जाँचका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा उनीहरुलाई फेला पारिएको उहाँले बताउनुभयो । चेक जाँच गर्दा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको उहाँले बताउनुभयो । “सवारीसाधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य हो, यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवनसमेत जोखिममा पर्छ”, उहाँले भन्नुभयो । आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा खबर गर्न जिल्ला ट्रापिक प्रहरी कार्यालय रामेछापले आग्रह पनि गरेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...