कुटपिट गरी श्रीमतीको हत्या

Published on

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका –८ कछुवाखाडी निवासी १७ बर्षिया अनिसा सदाको कुटपिट गर श्रीमानले हत्या गरेका छन् । मृतकमा श्रीमान् २२ बर्षिय दिनेस सदाले अनिसालाई आइतबार राति अन्दाजी ९ बजेतिर आफ्नै घरको भान्सा कोठामा हत्या गरेको स्थानीयले बताएका छन् । स्थानीयले टेलिफोन गरी सोमबार विहान घट्नाबारे जानकारी गराएपछि अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिन्धुलीका एसपी गोविन्दराज काफ्ले घट्नाको बिषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार पहिलेदेखि नै श्रीमान श्रीमतीबिच सम्बन्ध राम्रो थिएन । मृतकको शब हाल पोष्टमार्टमका लागि दुधौली नगर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । निजले घाँटी थिचेर श्रीमतीको हत्या गरेको स्थानीयले बताएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...