नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग

Published on

काठमाडौँ । नेपाल वन प्राविधिक संघले नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग गरेको छ । संघको स्वर्ण जयन्तीको अवसरमा आयोजित नीति संवाद कार्यक्रममा नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले नेपाल वन प्राविधिक परिषद् गठन गरेर जनसँग सम्बन्धित समस्याहरुको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले वनका कामहरु गर्नका लागि वनका प्राविधिकहरुको आधिकाररिकता दिन नेपाल वन प्राविधिक परिषद् आवश्यक हुने बताउनुभयो । परिषद् गठन भएको खण्डमा आधिकारिक रुपमा काम गर्न पाइने बताउनुभयो । वन व्यवस्थापनमा प्राविधिकहरुको कमी रहेको उल्लेख गर्नुभयो । परिषद् भएको खण्डमा वनसँग जोडिएका कामहरु पनि छिटो छरितो हुने बताउनुभयो ।

साथै सामुदायिक वनहरुको नविकरणमा पनि सहयोग पुग्ने बताउनुभयो । उहाँले ४६ प्रतिशत वन क्षेत्रलाई अवहेलना नगर्न चेतावनी दिनुभयो । परिषद् गठन गरेर वनसँग सम्बन्धित कामहरु गरेको खण्डमा स्वदेशमै वन प्राविधिकहरुले रोजगारी पाउने र वनसँग सम्बन्धित क्षेत्रमा अन्य रोजगारीको सिर्जना हुने उल्लेख गर्नुभयो । विज्ञानमा आधारित वन व्यवस्थापन अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानव(वन्यजन्तु द्वन्द्वको व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा एउटा छलफल गरिरहेका छौँ भने अर्को वन डढेलोको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को छलफल भइरहेको छ । वन सम्वर्द्धनमा आधारित वन व्यवस्थापन वा विज्ञानमा आधारित वन व्यवस्थापन हुनुपर्छ । वन विकाससँग जोडिन नेपाल वन प्राविधिक परिषद् गठन तत्काल हुनुपर्छ । त्यसले वन प्राविधिकलाई वन र वन विकास गर्नका लागि सहज हुन्छ ।” उहाँले वन क्षेत्र राज्यको प्राथमिकतामा नहुँदा वन प्राविधिक र उपभोक्ताहरु समस्यामा परेको बताउनुभयो । संघले फागुन २० गते उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमा स्वर्ण जयन्ती मनाउँदै छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...