अध्यक्ष प्रचण्ड टीकापुर आउनुहुँदै

Published on

काठमाडौँ । पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान अन्तर्गत मधेश प्रदेशमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कैलालीको टीकापुर आउँदै हुनुहुन्छ । माओवादी केन्द्र निकट थारू राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न भोलि (मङ्गलबार) प्रचण्डसहित माओवादी पदाधिकारी टिम टीकापुर आउन लागेको हो । भोलि मध्याह्न १२ बजे सम्मेलनको उद्घाटन गर्ने तय भएको थारू राष्ट्रिय मुक्ति मोर्चा कैलालीका अध्यक्ष तिलक चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २४ जिल्लाबाट करिब साढे सात सय जना प्रतिनिधि सहभागी हुनेछन् । उद्घाटन समारोहमा विभिन्न जिल्लाका थारू, राना थारू तथा कठरिया थारू समुदायको गीत, नृत्यलगायत कला, संस्कृति प्रस्तुत गरिने मोर्चाले जनाएको छ । सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल लगायतका पार्टी पदाधिकारी तथा नेताहरू सहभागी हुने जनाएको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...