गोरखामा माइक्रोबस दुर्घटना : एकको मृत्यु, १४ जना घाइते

Published on

काठमाडौँ । गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्लाको शहिद लखन गाउँपालिका–३ कान्टानरमा मनकामनादेखि आँबुखैरेनीतर्फ आउँदै गरेको वान टेस्ट इभी माइक्रो सडकबाट १५ मिटर तल खस्दा एक जनाको मृत्यु भएको आँबुखैरेनी गाउँपालिका अस्पतालले जनाएको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार सोमबार बिहान ११ः२५ बजेको समयमा दुर्घटना परी माइक्रोमा सवार ३७ वर्षीय पदमबहादुर दर्जीको आँबुखैरेनी गाउँपालिकाको अस्पतालमा मृत्यु भएको हो ।

घाइतेहरुमा चितवन खैरेनी नगरपालिका–२ का २६ वर्षीय माइक्रो चालक सुमित चौधरी, सोही ठाउँकी ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार र २५ वर्षीया रुपा परियार रहेको प्रहरीले जनाएको छ । त्यस्तै सोही ठाउँकी २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुबना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिशा परियार र ३६ वर्षीय अर्जुन परियारको आँबुखैरेनी गाउँपालिकाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटना हुने बित्तिकै नजिकै रहेको मझुवा प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...