प्रगतिशील लेखक सङ्घ बागलुङ अध्यक्षमा राना

Published on

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) बागलुङको अध्यक्षमा विजय राना सर्वसम्मत चयन हुनुभएको छ । प्रलेस बागलुङको आइतबार सम्पन्न अधिवेशनले रानाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । सङ्घको उपाध्यक्षमा पूर्णपति कँडेल, सचिवमा विनोद प्रतीक, कोषाध्यक्षमा शर्मिला रोका र सह–सचिवमा सुरेश पुन चयन हुनुभएको छ । समितिको सदस्यमा खेमराज गौतम, केशवराज क्षेत्री, दिलीप प्रतेल र अनिस खाती चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष रानालाई निवर्तमान अध्यक्ष तारानाथ आचार्यले निर्णयपुस्तिका हस्तान्तरण गर्नुभयो । वामपन्थी विचार बोक्ने लेखक तथा साहित्यकारको साझा संस्था प्रलेसले वैचारिक गोष्ठी, साङ्गीतिक तथा साहित्यिक कार्यक्रम गर्दैआएको छ ।

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...