सिँगारिँदै ओजुवा ताल

Published on

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिका –७ स्थित डल्फिन देखिने क्षेत्रमा रहेको ओजुवा ताल क्षेत्रको सौन्दर्यीकरण गरिंदैछ । पर्यटन विकास गर्ने उद्देश्यले सङ्घीय सरकार र टीकापुर नगरपालिकाको संयुक्त लगानीमा ताल क्षेत्रको सौन्दर्यीकरण भइरहेको हो । पर्यटन विकास गर्ने उद्देश्यले ताल क्षेत्रको सौन्दर्यीकरणको काम भइरहेको वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ताल परिसरमा २०५ मिटर पर्खाल निर्माणको काम पूरा भएको छ । यसैगरी, तालमा पानी आपूर्तिका लागि दुई वटा बोरिङ निर्माण गरिएको छ । आगन्तुक बस्नका लागि बेन्च राख्ने, टहरा बनाउने कार्य पनि भइरहेको छ ।

यस्तै, ताल परिसर क्षेत्रमा बिजुली जडान, बाटोमा ग्राभेलको काम पनि भइरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो । १२ बिघा क्षेत्रफलमा फैलिएको ओजुवा ताल विभिन्न प्रजातिका चरा पनि बस्ने गरेका छन् । ताल परिसर सौन्दर्यीकरणका लागि सङ्घीय सरकारले समपूरक अनुदान अन्तर्गत ८० लाख र टीकापुर नगरपालिकाले ८० लाख बजेट विनियोजन गरेका छन् । टीकापुरकै साउँद बिल्डर्सले ठेक्का पाएर संरचना निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीले ढिलाइ गरेपछि एक करोड दुई लाख रुपियाँमा काम गरिरहेको जनाइएको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...