गुठीपीडित किसानको माग सम्बोधन गर्न आग्रह

Published on

काठमाडौँ । थारू कल्याणकारिणी सभा (थाकस) दाङले स्वर्गद्वारी गूठीपिडित सङ्घर्ष समितिले राखेको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । माग सम्बोधनको माग गर्दै समितिले शान्तिपूर्ण दबाबको कार्यक्रम गर्दैआएको छ । सभाले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि आन्दोलनमा रहेको गुठीपीडित किसानको माग सम्बोधन गर्न माग गरेको हो । थाकसले पीडितको कार्यक्रममा बल प्रयोग नगर्न पनि सुरक्षा प्रशासनको ध्यानाकर्षण गराएको छ । सभाले पीडित किसानको मागलाई सरकारले संवेदनशील भएर सुनुवाई गर्नुपर्ने आग्रह गर्दै वार्ताबाट समाधान खोज्न सुझाव दिएको छ । त्यसैगरी सभाले लामो समयदेखि जोतभोग गर्दैआएको जग्गा समेत मोहियानी कायम गर्न माग गरेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...