सङ्कटमा कांग्रेस र एमाले मिल्ने गरेको इतिहास छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

Published on

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि गठन भएको वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सोमबार भएको नेपाल बुद्धिजीवी परिषद धनुषाको छैठौं जिल्ला अधिवेशनको उद्घाटनशत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जब देशमा सङ्कट आउँछ त्यतिबेला नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने गरेको इतिहास रहेको भन्दै एक सिकाको दुई पाटा जस्तो कांग्रेस र एमालेबिचको सम्बन्ध रहेको बताउनु भयो । उहाँले कांग्रेस र एमाले एक अर्काका लागि बैमान नभएसम्म सरकार ढल्ने कुनै सम्भावना नरहेको बताउनुभयो ।

उहाँले समृद्ध नेपाल र सुखी नेपाली को मतलब नै नेपाली मोडलको समाजवाद रहेको भन्दै नेकपा एमाले देश बनाउने पार्टी रहेको बताउनुभयो । उहाँले सैद्धान्तिक कुरा पार्टी नेतृत्वले गर्छ तर त्यसको कार्यान्वयन गराउने विषयमा विषय विज्ञले भूमिका खेल्नु पर्ने भन्दै देश बनाउने विषयमा बौद्धिक व्यक्तित्वको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले कृषिको आधुनिकीकरण र व्यावसायीकरण नगरेसम्म कृषि बोझ हुने भन्दैै आधुनिकीकरण र व्यावसायीकरण गर्ने विषयमा विज्ञहरूको सुझाव प्रभावकारी हुने बताउनुभयो । उहाँले देशलाई धनी बनाउन बुद्धिजीवीहरूले भूमिका निर्वाह गर्नुपर्ने तर्क दिँदै आउने दिनमा विषय विज्ञलाई पार्टी कमिटीमा स्थान दिने बताउनुभयो । उहाँले विषय विज्ञलाई पार्टी कमिटीमा स्थान नदिए पार्टीले जनतालाई सेवा दिन नसक्ने उहाँको तर्क थियो ।

कार्यक्रममा नेकपा एमालेकी पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री जुली महासेठले सबै समावेश हुने किसिमले नेतृत्व चायन गर्नका लागि शुभकामना दिनुभएको थियो । नेपाल बुद्धिजीवी परिषद धनुषाका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल वुद्धिजीवी परिषदका सचिव अर्जुन सिंह, नेकपा एमालेका केन्द्रिय सदस्य उमाशंकर अरगरिया, नेकपा एमालेका जिल्ला उपाध्यक्ष भोला यादव, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रिय सदस्य श्याम किशोर गोइत सहितकाले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । अधिवेशनको बन्दशत्रबाट नयाँ नेतृत्व चायन हुनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...