विधि र प्रक्रियाअनुसार विकास निर्माणको योजना माग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

Published on

काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार विकासका योजना माग गरे सहज हुने बताउनुभएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति र प्रशिक्षण शाखा प्रमुखका लागि आयोजित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उपप्रधानमन्त्री सिंहले योजना छनौट निश्चित विधि हुनेभन्दै त्यसलाई ध्यान दिएर योजना माग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बजेट निर्माणका क्रममा पार्टीका विभिन्न तहका समिति, जनप्रतिनिधि सबैको राय सुझाव समेटेर छलफलबाटै नयाँ योजना छनौट हुने पनि बताउनुभयो। सरकारमा रहेर विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै नागरिकको चाहनाअनुसार काम अघि बढाइरहेको सिंहको भनाइ थियो। उहाँले स्थानीय तहका जनप्रतिनिधिसँग पनि समन्वय गरेर काम गर्न क्षेत्रीय सभापतिलाई आग्रह गर्दै पार्टी संगठन सुदृढीकरणमा लाग्न सुझाव दिनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...