विधि र प्रक्रियाअनुसार विकास निर्माणको योजना माग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

Published on

काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार विकासका योजना माग गरे सहज हुने बताउनुभएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति र प्रशिक्षण शाखा प्रमुखका लागि आयोजित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उपप्रधानमन्त्री सिंहले योजना छनौट निश्चित विधि हुनेभन्दै त्यसलाई ध्यान दिएर योजना माग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बजेट निर्माणका क्रममा पार्टीका विभिन्न तहका समिति, जनप्रतिनिधि सबैको राय सुझाव समेटेर छलफलबाटै नयाँ योजना छनौट हुने पनि बताउनुभयो। सरकारमा रहेर विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै नागरिकको चाहनाअनुसार काम अघि बढाइरहेको सिंहको भनाइ थियो। उहाँले स्थानीय तहका जनप्रतिनिधिसँग पनि समन्वय गरेर काम गर्न क्षेत्रीय सभापतिलाई आग्रह गर्दै पार्टी संगठन सुदृढीकरणमा लाग्न सुझाव दिनुभयो।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...