मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार

Published on

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयले आफ्नो तेस्रो दीक्षान्त समारोह फागुन २३ गते शुक्रबार आयोजना गर्ने भएको छ । विश्वविद्यालयले पत्रकार सम्मेलन गर्दै दीक्षान्त समारोह फागुन २३ गते शुक्रबार बिहान ११ बजे सुर्खेतस्थित केन्द्रीय प्रशासनिक भवन परिसर कुइनेपानीमा गर्ने जनाएको छ । २०६७ सालमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा हाल ३ हजार ८ सय ४१ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ८ सय ८५ जना विद्यार्थीले दीक्षान्त समारोहमा प्रत्यक्षरूपमा सहभागिता जनाउनेछन् । विभिन्न सङ्कायका स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहका विद्यार्थीलाई दीक्षित गरिनेछ । समारोहको अध्यक्षता विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईको समुपस्थितिमा कार्यक्रम सम्पन्न हुने विश्वविद्यालयले जनाएको छ ।

समारोहमा प्रमुख अतिथिका रूपमा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति तथा जवाहरलाल नेहरू विश्वविद्यालय भारतका प्रा.डा. महेन्द्र पी. लामाको समेत उपस्थिति रहनेछ । दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिनेछ । स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका तीनजना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट तीनजनालाई उपकुलपति पदक प्रदान गरिनेछ । त्यस्तै, स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जना गरी ३५ जना विद्यार्थीले प्रमाणपत्रसहित विशेष पदक प्राप्त गर्नेछन् । विश्वविद्यालयका अनुसार मानविकी तथा सामाजिक विज्ञान, शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि तथा पत्रकारिता सङ्कायका विद्यार्थीहरू दीक्षित हुनेछन् । विश्वविद्यालयका पदाधिकारीहरूका अनुसार समारोहलाई भव्य र व्यवस्थित बनाउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...