नेपालगञ्ज नाकाबाट आयात र निर्यात दुबै बढ्यो

Published on

काठमाडौँ । पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका नेपालगञ्ज नाकाबाट चालु आर्थिक वर्षमा आयात निर्यात दुबै वृद्धि भएको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पवित्र कुमार खड्काका अनुसार यस वर्षको माघ महिनासम्म यो नाकाबाट ४२ अर्ब ३४ करोड ९५ लाख बराबरको सामान आयात भएको छ। गत वर्ष सोही अवधिमा ३९ अर्ब ९० करोड ३९ लाख बराबरको सामान आयात भएको थियो। गत वर्षको तुलनामा यो वर्ष हालसम्म २ अर्ब ४४ करोड जति आयात बढेको छ। चालु आर्थिक वर्षको सात महिनामा यो नाकाबाट एक अर्ब ५१ करोड ४३ लाख बराबरको सामान निर्यात भएको छ भने गत वर्ष सोही अवधीमा एक अर्ब ३३ करोड ८४ लाख बराबरको सामान निर्यात भएको थियो।

यो नाकाबाट चालु आर्थिक वर्षमा १७ करोड ५९ लाख भन्दा बढी निर्यात वृद्धि भएको सूचना अधिकारी खड्काले बताउनुभयो । नेपालगञ्ज नाकाबाट सात महिनाको अवधिमा गत आर्थिक वर्षको सोही अवधी भन्दा ६ प्रतिशतले आयात र १३ प्रतिशतले निर्यात वृद्धि भएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको सात महिनामा निर्यात उल्लेख्य मात्रामा वृद्धि हुनु निकै सकारात्मक पक्ष भएको जनाउँदै सूचना अधिकारी खड्काले मुख्य निर्यात हुने वस्तुमध्ये जडिबुटी लगायतका विभिन्न प्रकारका तेलको समेत निर्यात बृद्धि भएकोले यसबाट आगामी दिनमा निर्यात झन् बढ्ने राम्रो संकेत देखिएको बताउनुभयो। गत सात महिनामा नेपालगञ्ज नाकाबाट सबै भन्दा बढी निर्यात हुने वस्तुमा खोटो रोजीन, तार्पिन तेल, काजु, अदुवा, खरेटो–कुचो, बहुमूल्य पत्थर, सिलाजित पेष्ट र सिमेन्ट खैरो रहेको सूचना अधिकारी खड्काले बताउनुभयो।

उहाँले सोही प्रकारले खयर कत्था, वनस्पतिका सारहरु, एसेन्सियल आयल, रिठ्ठा र नौनी बटर घ्युको निर्यात पनि उल्लेख्य रुपमा वृद्धि भएको बताउनुभयो। यो नाकाबाट सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, चामल, दलेको र नदलेको दाल, कपडा, मकै लगायतका खाद्यान्न, चिनी, तरकारी तथा फलफूल लगायत विभिन्न मेसिनरीका सामान रहेको भन्सार कार्यालयले जनाएको छ। यो नाकाबाट आयात निर्यात दुबै वृद्धि भएकोले नै राजस्व संकलनमा पनि ११ प्रतिशत भन्दा बढी बृद्धि भएको सो कार्यालयले जनाएको छ।

ताजा समाचार

कोशी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन...

‘विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ’

काठमाडौँ । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी...

कालीगण्डकीमा भारतीय नागरिक मृत फेला

काठमाडौँ । कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ...

ट्यांकरले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु, स्थानीयद्वारा आगजनी

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा...