कृषिक्षेत्रमा आमुल परिवर्तन गर्नुपर्छ : कृषिमन्त्री क्षेत्री

Published on

काठमाडौँ । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षेत्रीले कृषि क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा मधेश प्रदेश सरकारसँगको समन्वयमा फुड एग्रिकल्चर ओरगानिजेसन (एफएओ) ले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मधेश कृषि उत्पादनको उर्वरभूमि रहेको भन्दै मधेश प्रदेशमा प्रविधिमैत्री कृषि बनाँउदा पुरै देशलाई आवश्यक खाद्यान उत्पादन धान्न सक्ने क्षमता मधेश प्रदेशलाई रहेको बताउनुभयो । त्यसका लागि किसानलाई खेतीपाति गर्न सिँचाइ र विद्युतको पर्याप्त व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हाम्रो खाने बानी बढ्यो, देशको जनसंख्या पनि बढयो तर उत्पादन घट्यो । हिजोसम्म भारतमा निर्यात हुँदै आएको हाम्रो अन्नवाली अहिले भारतबाट आयात भइरहेको छ । मन्त्री क्षेत्रीले कृषिमा आधारित उद्योग स्थापना गरेर नेपाल फड्को मार्न सक्ने भन्दै साना किसानले कृषिमा आधारित उद्योग स्थापना गरे मधेश प्रदेश सरकारले अनुदान दिने नीति बनाएको बताउनुभयो । प्रदेश सरकारले कृषिमैत्री विभिन्नखालका कामकाजको सुरुवात गरेको भन्दै प्रत्येक वडामा एक जना महिलालाई कृषिको विभिन्न पक्षबारेमा तालिम दिने र ती महिलाले आफ्ना वडाका अन्य महिलालाई कृषिमा आत्मनिर्भताका लागि प्रेरित गर्ने विषयमा कामकाज अघि बढाएको बताउनुभयो ।

अहिले कृषिक्षेत्रमा पुरुषभन्दा महिलाको सहभागिता बढेको भन्दै पारिवारिक कामकाजका बावजुद महिला कृषि कर्ममा लाग्ने गरेको कुरा सुःखद रहेको बताउनुभयो । उहाँले विगतभन्दा अहिले आर्थिक, सामाजिक र राजनीतिकरुपमा महिला अघि आएको भन्दै यतिले मात्र नपुग्ने बताउनुभयो । उहाँले धेरै ठाँउमा महिलालाई संगठित गर्दै सहकारीको अभियानमार्फत अघि बढाउनु पर्ने बताउनुभयो । मधेश प्रदेशसभाका प्रदेशसभा सदस्य जीवछी यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा एफएओका नेपाल भुटान केन सिमिजो, नीति आयोग मधेश प्रदेशका सदस्य डा। शिला मिश्रसहितकाले महिला सशक्तिकरणको सवालमा आफनो धारणा राख्नु भएको थियो । कार्यक्रममा समाजमा आत्मनिर्भर भएर उदाहरण बनेका महिलाको बारेमा डकुमेन्ट्री प्रस्तुत गरिएको थियो ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...