महिला क्रिकेट टोलीको बिदाइ

Published on

काठमाडौँ । युगान्डा भ्रमणका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपालले मार्च ७ देखि १६ तारिखसम्म युगान्डासँग क्रिकेट सिरिज खेल्ने छ । टोलीलाई बुधबार नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कालगायत पदाधिकारीले बिदाइ गर्नुभयो । सिरिजका लागि (क्यान) ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । क्यानले दुई साता बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो । टोलीमा साना प्रविन र रिया शर्माले पहिलो पटक स्थान बनाउनुभएको छ । प्रशिक्षणमा रहेका सीमाना केसी, सबनम राई, शोभा रोकाय र मनीषा उपध्याय बाहिरिनुभएको छ ।

टी–२० सिरिजमा आयोजक युगान्डासहित नेपाल, हङकङ र नामिबियाको सहभागिता रहनेछ। सहभागी टोलीले एक आपसमा दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ । नेपालले आफ्नो पहिलो खेल मार्च ८ तारिख नामिबयासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल मार्च ९ मा युगान्डा र तेस्रो खेल मार्च १० मा हङकङसँग खेल्नेछ । यस्तै नेपालले पुनस् मार्च १२ मा नामिबिया, १३ मा युगान्डा र १४ मा हङकङको सामना गर्नेछ । युगान्डा जाने खेलाडी टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचनाकुमारी चौधरी, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव, साना प्रविन र रिया शर्मा हुनुहुन्छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...