एउटै वडाबाट डेढ करोडको खसीबोका बिक्री

Published on

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा पाल्पामा एउटै वडाबाट डेढ करोड रुपियाँ बढीको खसी तथा बोका बिक्री भएका छन् । गत साउनदेखि माघ मसान्तसम्ममा निस्दी गाउँपालिका –५, गल्धाका कृषकले एक करोड ६१ लाख ६४ हजार ३ सय ४९ रुपियाँ बराबरको खसी बोका बिक्री गरेका हुन् । वडामा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले कृषकमार्फत जिउँदो खसी तथा बोका सङ्कलन गरी बिक्री गर्दैआएको छ । माघ मसान्त सम्ममा वडा ५ बाट ३३ हजार ४२२ केजी तौल बराबरको एक हजार ११९ वटा जिउँदो खसी तथा बोका बिक्री भएको सहकारीका व्यवस्थापक डिलमायाँ सारुले जानकारी दिनुभयो । सहकारीले कृषकहरुसँग एक करोड ६१ लाख ६४ हजार ३४९ रुपियाँमा खसी बोका खरिद गरी सहकारीले एक करोड ६४ लाख ९८ हजार ५६९ रुपियाँमा बिक्री गरेको उहाँले बताउनुभयो । सहकारीले गत आर्थिक वर्षमा ४६ हजार २ सय ७९ केजी तौल बराबरको जिउँदो खसीबोका दुई करोड २७ लाख ८७ हजार ७४३ मा खरिद गरी दुई करोड ३२ लाख ५० हजार ५३८ मा विक्री गरेको थियो ।

चाडपर्वमा मात्र नभई सहकारीले पाँचवटा सङ्कलन केन्द्रमार्फत नियमित रुपमा खसीबोका सङ्कलन गरी बजारीकरणको व्यवस्थापन गर्दैआएको छ । खसीबोका सङ्कलन गरी पोखरा, बुटवल, तानसेन र रामपुरलगायतका स्थान विक्री गर्दैआएको सहकारीका अध्यक्ष अममायाँ मश्राङ्गीले बताउनुभयो । सहकारीले तौल अनुसारको मूल्य निर्धारण गरेर खरिदगरी बजारको सुनिश्चित गरेकाले बाख्रापालनमा कृषकहरु उत्साहित भएको उहाँले बताउनुभयो । सहकारीमा आबद्ध ५३३ शेयर सदस्यमध्ये ४५६ जना दिदीबहिनी बाख्रापालनमा सक्रिय छन् । तौलअनुसारको मूल्य पाइने भएकाले उत्पादन भएको खसीबोका सहकारीमार्फत बिक्री गर्दैआएको बहपुरका कृषक उर्मिला सुनारीले बताउनुभयो । खसी बोका विक्रीबाट वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्दै आएको सुनारीले बताउनुभयो । सहकारीले तौलअनुसार प्रतिकेजी ३९० देखि ५६० मूल्यमा खरिद गर्दैआएको छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...