एउटै वडाबाट डेढ करोडको खसीबोका बिक्री

Published on

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा पाल्पामा एउटै वडाबाट डेढ करोड रुपियाँ बढीको खसी तथा बोका बिक्री भएका छन् । गत साउनदेखि माघ मसान्तसम्ममा निस्दी गाउँपालिका –५, गल्धाका कृषकले एक करोड ६१ लाख ६४ हजार ३ सय ४९ रुपियाँ बराबरको खसी बोका बिक्री गरेका हुन् । वडामा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले कृषकमार्फत जिउँदो खसी तथा बोका सङ्कलन गरी बिक्री गर्दैआएको छ । माघ मसान्त सम्ममा वडा ५ बाट ३३ हजार ४२२ केजी तौल बराबरको एक हजार ११९ वटा जिउँदो खसी तथा बोका बिक्री भएको सहकारीका व्यवस्थापक डिलमायाँ सारुले जानकारी दिनुभयो । सहकारीले कृषकहरुसँग एक करोड ६१ लाख ६४ हजार ३४९ रुपियाँमा खसी बोका खरिद गरी सहकारीले एक करोड ६४ लाख ९८ हजार ५६९ रुपियाँमा बिक्री गरेको उहाँले बताउनुभयो । सहकारीले गत आर्थिक वर्षमा ४६ हजार २ सय ७९ केजी तौल बराबरको जिउँदो खसीबोका दुई करोड २७ लाख ८७ हजार ७४३ मा खरिद गरी दुई करोड ३२ लाख ५० हजार ५३८ मा विक्री गरेको थियो ।

चाडपर्वमा मात्र नभई सहकारीले पाँचवटा सङ्कलन केन्द्रमार्फत नियमित रुपमा खसीबोका सङ्कलन गरी बजारीकरणको व्यवस्थापन गर्दैआएको छ । खसीबोका सङ्कलन गरी पोखरा, बुटवल, तानसेन र रामपुरलगायतका स्थान विक्री गर्दैआएको सहकारीका अध्यक्ष अममायाँ मश्राङ्गीले बताउनुभयो । सहकारीले तौल अनुसारको मूल्य निर्धारण गरेर खरिदगरी बजारको सुनिश्चित गरेकाले बाख्रापालनमा कृषकहरु उत्साहित भएको उहाँले बताउनुभयो । सहकारीमा आबद्ध ५३३ शेयर सदस्यमध्ये ४५६ जना दिदीबहिनी बाख्रापालनमा सक्रिय छन् । तौलअनुसारको मूल्य पाइने भएकाले उत्पादन भएको खसीबोका सहकारीमार्फत बिक्री गर्दैआएको बहपुरका कृषक उर्मिला सुनारीले बताउनुभयो । खसी बोका विक्रीबाट वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्दै आएको सुनारीले बताउनुभयो । सहकारीले तौलअनुसार प्रतिकेजी ३९० देखि ५६० मूल्यमा खरिद गर्दैआएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...