सुशासन कायम गर्न अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ

Published on

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले अत्यावश्यक परेकाबेला अध्यादेश ल्याउन सक्ने भन्दै संवैधानिक व्यवस्थाअनुसार अध्यादेश आएको बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा आज सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिनेक्रममा मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । “अध्यादेशको विषयवस्तुमा छलफल गरौं, त्यसमा सरकारलाई सुझाव दिउँ, संवैधानिक व्यवस्थाअनुसार ल्याएको अध्यादेशमा विरोधका लागि विरोध मात्र गरिनु हुन्न ।” सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले अत्यावश्यक परेकाबेला अध्यादेश ल्याउन सक्ने भन्दै संवैधानिक व्यवस्थाअनुसार अध्यादेश आएको बताउनुभएको छ ।

राष्ट्रियसभा बैठकमा आज सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिनेक्रममा मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । “अध्यादेशको विषयवस्तुमा छलफल गरौं, त्यसमा सरकारलाई सुझाव दिउँ, संवैधानिक व्यवस्थाअनुसार ल्याएको अध्यादेशमा विरोधका लागि विरोध मात्र गरिनु हुन्न ।” मुलुकको कुशासन हटाएर विकासको माध्यमबाट समृद्धिको लक्ष्य पूरा गर्न अध्यादेश ल्याइएको मन्त्री गुरुङले प्रष्ट पार्नुभयो । सरकारले संसद छलेर अध्यादेश ल्याएको होइन, छल्नेभए यहाँ किन छलफल हुन्थ्यो । संवैधानिक व्यवस्थाअनुसार ६० दिनमै संसदबाट अध्यादेश पारित गर्नुपर्छ, कसरी संसद छल्न सकिन्छ ? उहाँले जिज्ञासा गर्नुभयो । विरोधका लागि विरोध गरेर देश नबन्ने भन्दै उहाँले देश बनाउने विषयमा संवेदनशील हुन उहाँले सांसदहरुलाई आग्रह गर्नुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...