सुशासन कायम गर्न अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ

Published on

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले अत्यावश्यक परेकाबेला अध्यादेश ल्याउन सक्ने भन्दै संवैधानिक व्यवस्थाअनुसार अध्यादेश आएको बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा आज सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिनेक्रममा मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । “अध्यादेशको विषयवस्तुमा छलफल गरौं, त्यसमा सरकारलाई सुझाव दिउँ, संवैधानिक व्यवस्थाअनुसार ल्याएको अध्यादेशमा विरोधका लागि विरोध मात्र गरिनु हुन्न ।” सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले अत्यावश्यक परेकाबेला अध्यादेश ल्याउन सक्ने भन्दै संवैधानिक व्यवस्थाअनुसार अध्यादेश आएको बताउनुभएको छ ।

राष्ट्रियसभा बैठकमा आज सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिनेक्रममा मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । “अध्यादेशको विषयवस्तुमा छलफल गरौं, त्यसमा सरकारलाई सुझाव दिउँ, संवैधानिक व्यवस्थाअनुसार ल्याएको अध्यादेशमा विरोधका लागि विरोध मात्र गरिनु हुन्न ।” मुलुकको कुशासन हटाएर विकासको माध्यमबाट समृद्धिको लक्ष्य पूरा गर्न अध्यादेश ल्याइएको मन्त्री गुरुङले प्रष्ट पार्नुभयो । सरकारले संसद छलेर अध्यादेश ल्याएको होइन, छल्नेभए यहाँ किन छलफल हुन्थ्यो । संवैधानिक व्यवस्थाअनुसार ६० दिनमै संसदबाट अध्यादेश पारित गर्नुपर्छ, कसरी संसद छल्न सकिन्छ ? उहाँले जिज्ञासा गर्नुभयो । विरोधका लागि विरोध गरेर देश नबन्ने भन्दै उहाँले देश बनाउने विषयमा संवेदनशील हुन उहाँले सांसदहरुलाई आग्रह गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...