सामुदायिक अस्पताल डेढ बर्षदेखि बन्द

Published on

काठमाडौँ । चापाकोट नगरपालिका –२ मा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताल डेढ बर्षदेखि बन्द अवस्थामा छ । २०६६ सालमा नागरिकको स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना भएको अस्पताल बन्द अवस्थामा पुगेको हो । शेयर सदस्यबाट सञ्चालन गरिएको यो अस्पताल स्थानीयलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्दैअएको थियो । यहाँ ६५० शेयर सदस्यले सात हजारका दरले रकम सङ्कलन गरेर पाँच रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गरेर सुरु भएको थियो । सुरुवाती चरणमा २४ घन्टा सेवा दिँदैआएको अस्पतालले कोरोना समयमा राम्रो उपचार गरेको थियो । विभिन्न सहयोगी दाता, शेयर सदस्यबाट उठेको रकमको सदुुपयोग गर्दै १५ शैयाको अस्पतालले आकस्मिक तथा ओपिडी सेवा प्रदान गरेको थियो ।

अस्पताल प्रधावकारी बनाउन अस्पताललाई थप सेवा बिस्तार गराउन सघीय सरकारद्वारा नौ करोड ६८ लाखको लागतमा सुबिधा सम्पन्न भवन निर्माण गरिएको थियो । उपचारका लागि स्थानीय तथा पाल्पा, तनहुँका सेवाग्राही आउने गरेकोमा नियमित अस्पताल नचल्दा मर्कामा परेका छन् । गाउँकै अस्पताल बन्द हुँदा यहाँका सेवाग्राही उपचारका लागि पोखरा, बुटवल र काठमाडौँ पुग्नु परेको छ । शेयर सदस्य र स्थानीय सरकाले स्थायी रुपमा अस्पताल चलाउन नसकेसँगै गण्डकी विश्वबिद्यालयले सबै अधिकारसहित चलाउने तयारी भएको छ । विश्वविद्यालयले अस्पताल चलाउने भएपछि शेयर सदस्यले आफ्नो शेयर सहयोगमा परिणत गरेका छन् । यहाँका सबै जग्गाहरु तथा संरचना विश्वविद्यालयलाई हस्तान्तण गर्नेगरी गत माघ २८ गते सम्झौत भएको वडा अध्यक्ष टिकाराम श्रेष्ठले बताउनुभयो ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...