समाज र विज्ञान पछाडी फर्किदैन : गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले समाज र विज्ञान पछाडी नफिर्किने बताउनुभएको छ । बिहीवार डडेल्धुराको परशुराम नगरपालिकामा आयोजित परशुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभयो । “देशमा गणतन्त्र आईसकेको छ,केहि साथिहरुले राजतन्त्र पुनस्थापना कुरा गरीरहनुभएको छ ।” गृहमन्त्री लेखकले भन्नुभयो , “लोकतान्त्रीक व्यवस्थामा अलोतान्त्रिक राजतन्त्रमा पछाडी फर्किने सम्भावना छैन। निकै त्याग र तपस्याबाट यो ठाउमा पुगिएको हो ,अब यो ठाउँबाट पछाडी होइन अगाडी बढ्ने हो ।” त्यसैगरी, “समाजमा क्रान्तिकारी परिवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको बताउनुभयो, संसारमा आजसम्मको प्रगती क्रान्ती र परिवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गर्नुभयो।” जनताको स्वतन्त्रताको कुनै विकल्प नरहेको बताउदै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको धारणा राख्नुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...