नागरिकता किर्ते गर्ने बैङ्क खाता खोलेर ठगी गर्ने दुई जना पक्राउ

Published on

काठमाडौँ । नागरिकता किर्ते गर्ने दुई युवालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । दोस्रो व्यक्तिको नागरिकतामा फोटो टाँसेर किर्ते गरी रकम ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका वडा नम्बर १२ बस्ने २० वर्षीय अरुणकुमार यादव र सोही ठाउँका २८ वर्षीय अभिषेक यादव छन् । उनीहरू २०८० साल असार महिनामा एक पीडितको नागरिकताको प्रमाणपत्र हराएकोमा सो नागरिकता फेला पारी पीडितको फोटो निकालेर आफ्नो फोटो टाँसी विराटनगरस्थित रहेको सिटिजन्स बैङ्कमा गई खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उनीहरूविरुद्ध यस कार्यालयमा नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी प्राप्त भएपछि पक्राउ गरी जिल्ला अदालत सप्तरीबाट म्याद थप भई अनुसन्धान कार्य थालिएको प्रहरी उपरीक्षक खतिवडाले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘पार्टी विधानले महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र दिएको छ’

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानले कुनै...

चीन-अल्जेरिया अन्तरिक्ष सहकार्यः नयाँ उपग्रह प्रक्षेपण

काठमाडौं । चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘अल्जेरियाको भू-संवेदन उपग्रह’ सफलतापूर्वक...

दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज...