नागरिकता किर्ते गर्ने बैङ्क खाता खोलेर ठगी गर्ने दुई जना पक्राउ

Published on

काठमाडौँ । नागरिकता किर्ते गर्ने दुई युवालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । दोस्रो व्यक्तिको नागरिकतामा फोटो टाँसेर किर्ते गरी रकम ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका वडा नम्बर १२ बस्ने २० वर्षीय अरुणकुमार यादव र सोही ठाउँका २८ वर्षीय अभिषेक यादव छन् । उनीहरू २०८० साल असार महिनामा एक पीडितको नागरिकताको प्रमाणपत्र हराएकोमा सो नागरिकता फेला पारी पीडितको फोटो निकालेर आफ्नो फोटो टाँसी विराटनगरस्थित रहेको सिटिजन्स बैङ्कमा गई खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उनीहरूविरुद्ध यस कार्यालयमा नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी प्राप्त भएपछि पक्राउ गरी जिल्ला अदालत सप्तरीबाट म्याद थप भई अनुसन्धान कार्य थालिएको प्रहरी उपरीक्षक खतिवडाले बताउनुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...