मेचीनगरमा भेटियो नयाँ चरा

Published on

काठमाडौँ । झापाको मेचीनगर नगरपालिकामा चरा पर्यटनको सम्भावना देखिएको छ । चरा प्रेमीका लागि मेचीनगर ठुलो केन्द्र बन्न सक्ने बताइएको छ । आउँदो वर्षलाई कोशी प्रदेश सरकारले पर्यटन वर्षका रूपमा घोषणा गरिसकेको छ । चराको खोज र अनुसन्धान गर्दै आउनुभएका देवेन्द्र खरेलले मेचीनगरमा फेरि एउटा नयाँ चरा फेला परेको बताउनुभयो । उहाँले मेचीनगरमा भेटिएको नयाँ चरा नेपालकै लागि नयाँ रेकर्ड भएको दाबी पनि गर्नुभएको छ । २०८१ फागुन ७ गते बिहान ८ः३० बजे काँकडभिट्टाको एक बगैचामा ‘बैजनी बुङ्गे चरा’ को जोडीको पहिलो तस्बिर र भिडियो खिचेर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा पठाइएको थियो । कमिटीले यसको पुष्टि गरेको खरेलले बताउनुभयो । यससँगै नेपालमा पाइने चराको सङ्ख्या अब ८९८ पुगेको छ ।

‘बैजनी बुङ्गे चरा’ नामको नयाँ प्रजातिको चरा फेला परेको उहाँको दाबी छ । यसको अङ्ग्रेजी नाम ‘पर्पल रम्प सनबर्ड’ भएको उहाँले जानकारी दिनुभएको छ । मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन गरेर चरा संरक्षणमा लागेका खरेलले यसभन्दा अघि ‘हरित परेवा’ नयाँ चरा फेला पार्नुभएको थियो । “भारतसँग सीमा जोडिएको झापाको मेचीनगर चराको प्रमुख केन्द्रका रूपमा विकास गर्न सकिने अवस्था छ,” खरेलले भन्नुभयो । चराविद् देवेन्द्र खरेलले नेपालबाट लोप भइसकेको ठानिएको ‘हङरायो’ नामक दुर्लभ चराको तस्बिर र भिडियोसमेत खिच्नुभएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...