मेचीनगरमा भेटियो नयाँ चरा

Published on

काठमाडौँ । झापाको मेचीनगर नगरपालिकामा चरा पर्यटनको सम्भावना देखिएको छ । चरा प्रेमीका लागि मेचीनगर ठुलो केन्द्र बन्न सक्ने बताइएको छ । आउँदो वर्षलाई कोशी प्रदेश सरकारले पर्यटन वर्षका रूपमा घोषणा गरिसकेको छ । चराको खोज र अनुसन्धान गर्दै आउनुभएका देवेन्द्र खरेलले मेचीनगरमा फेरि एउटा नयाँ चरा फेला परेको बताउनुभयो । उहाँले मेचीनगरमा भेटिएको नयाँ चरा नेपालकै लागि नयाँ रेकर्ड भएको दाबी पनि गर्नुभएको छ । २०८१ फागुन ७ गते बिहान ८ः३० बजे काँकडभिट्टाको एक बगैचामा ‘बैजनी बुङ्गे चरा’ को जोडीको पहिलो तस्बिर र भिडियो खिचेर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा पठाइएको थियो । कमिटीले यसको पुष्टि गरेको खरेलले बताउनुभयो । यससँगै नेपालमा पाइने चराको सङ्ख्या अब ८९८ पुगेको छ ।

‘बैजनी बुङ्गे चरा’ नामको नयाँ प्रजातिको चरा फेला परेको उहाँको दाबी छ । यसको अङ्ग्रेजी नाम ‘पर्पल रम्प सनबर्ड’ भएको उहाँले जानकारी दिनुभएको छ । मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन गरेर चरा संरक्षणमा लागेका खरेलले यसभन्दा अघि ‘हरित परेवा’ नयाँ चरा फेला पार्नुभएको थियो । “भारतसँग सीमा जोडिएको झापाको मेचीनगर चराको प्रमुख केन्द्रका रूपमा विकास गर्न सकिने अवस्था छ,” खरेलले भन्नुभयो । चराविद् देवेन्द्र खरेलले नेपालबाट लोप भइसकेको ठानिएको ‘हङरायो’ नामक दुर्लभ चराको तस्बिर र भिडियोसमेत खिच्नुभएको छ ।

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...