महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह होः मन्त्री सुडी

Published on

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुने टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौँमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताउनुभयो । उहाँले आफ्नो छोरी रानी र अरूको छोरी नोकरानी जस्तो व्यवहार कसैले गर्न नहुने जिकिर गर्नुभयो । मन्त्री सुडीले छोरी सरह स्नेह दिनसके आमा सरह माया पाउने पाउने बताउनुभयो । पुरुष र महिलामा कानुनी रूपमा कुने विभेद नभए पनि व्यवहारिक रूपमा अझै कायम रहेको जिकिर गर्नुभयो । यसलाई हटाउन सरकार लागिरहेको उहाँको भनाइ छ ।

‘‘जुन घरमा महिलाको सम्मान छैन, आदर छैन, त्यो घर नरक हो । त्यो घरमा कहिले पनि श्री हुन सक्दैन । लक्ष्मीको वास हुन सक्दैन । तर यो पनि ध्यान राख्नुपर्छ । हाम्रो छोरी रानी, अरूको छोरी नोकरानी गर्नु हुँदैन । यदी तपाईं आफ्नो घरमा श्री हेर्न चाहना राख्नुहुन्छ भने अरूको छोरी पनि रानी बनाउनुपर्छ ।,’’ मन्त्री सुडीले भन्नुभयो, ‘‘आमाले छोरीलाई खान नदिने, बर्तन धुहाउन लगाउने काम हुन्छ तर छोरालाई मजाले ऐस आराम गर्न दिने । यदी तपाईं आफ्नो बुहारीलाई छोरी समान मान्नुहुन्छ भने उसले पनि आमा मान्छिन् ।’’ मन्त्री सुडीले महिलाहरूको अधिकारको आन्दोलन अझै नसकिएको उल्लेख गर्नुभयो । उहाँले सबैले एकजुट भएर महिलाका हक, अधिकारका लागि काम गर्नुपर्ने बताउनुभयो । महिलालाई पुरुषसरह समान अधिकार दिनुपर्ने उहाँको भनाइ छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...