वरिष्ठ साहित्यकारद्वय नेपाल र जिसी सम्मानित

Published on

काठमाडौँ । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले एक कार्यक्रमको आयोजना गरेर स्रस्टा सम्मान, एकल कविता वाचन र सङ्घर्ष सँगाती कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा २५ हजार ५५५ रुपियाँ राशीको पूर्णिमा साहित्य रत्न २०८० बाट वरिष्ठ साहित्यकार प्रा.डा. देवी नेपाललाई र सात हजार ७७७ रुपियाँ राशीको तुलसीराम स्मृति पुरस्कार २०८० बाट वरिष्ठ साहित्यकार गणेश जिसीलाई पुरस्कृत र सम्मानित गरिएको छ । सोही अवसरमा विद्यावारिधि गर्ने संस्थाका आजीवन सदस्य हरिप्रसाद तिमिल्सिेनालाई पनि सम्मान गरिएको थियो । पूर्णिमा साहित्य रत्न पुरस्कार वि.सं. २०७९ मा स्थापना भई वि.सं. २०७० देखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ भने तुलसीराम स्मृति पुरस्कार वि.सं. २०६२ मा स्थापना भई २०६३ देखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।

सो सम्मान कार्यक्रममा बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका सदस्य सांसद सूर्य ढकाल र पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालले सम्मानित साहित्यकारहरुलाई दोसल्ला ओढाई सम्मान पत्र र नगद पुरस्कार प्रदान गरेर पुरस्कृत तथा सम्मानित गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै सांसद ढकालले पछिल्लो समय पश्चिम नेपालमै सबैभन्दा बढी साहित्यिक गतिविधि र कार्यक्रम हुने सहर कोहलपुर बनेको बताउँदै खुशी व्यक्त गर्नुभयो । सम्मानित हुनुभएका वरिष्ठ साहित्यकार प्रा.डा. नेपालले साहित्यकारहरुलाई सम्मान र पुरस्कृत गर्नु भनेको साहित्यमा आउन चाहने नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा वरिष्ठ साहित्यकार नेपालले एकल कविता वाचन गर्नुभएको थियो । उक्त अवसरमा नै आयोजना गरिएको सङ्घर्ष सँगाती कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा।डा। जनार्दन आचार्य र किरण आचार्यको बिचमा जीवन सङ्घर्ष, उपलब्धि, शिक्षा र साहित्यसम्बन्धी अन्तर संवादको दोस्रो शृङ्खला पनि सम्पन्न गरिएको पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष रिजालले बताउनुभयो ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...