एकसय ८९ कुकुरको बन्ध्याकरण

Published on

काठमाडौँ । पर्वतमा एकसय ८९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले तीन दिन सञ्चालन गरेको शिविरमा ११५ सामुदायिक र ७४ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको हो । सामुदायिक कुकुरहरुका कारण राजमार्ग तथा अन्य सडकमा दुर्घटना बढ्ने र विभिन्न रोगहरु फैलिन सक्ने भएकाले कुकुरको बन्ध्याकरण गरिएको जनाइएको छ । जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालिमप्राप्त पशुविज्ञको टोली तथा कार्यालयका कर्मचारीको सहयोगमा कुकुरलाई समातेर बन्ध्याकरण अभियान थालेको कार्यालय प्रमुख ऋषभ गुरागाइँले जानकारी दिनुभयो । राजमार्ग क्षेत्रमा बढी छाडा कुकुरहरु हुने र निम्त्याउन सक्ने दुर्घटनालाई ध्यानमा राखेर मोदी गाउँपालिकाको बजारक्षेत्र डिमुवा, जलजला गाउँपालिकाको मिलनचोक हुँदै कुश्मा र फलेवास नगरपालिकाको बजार क्षेत्रबाट कुकुरलाई समातेर बन्ध्याकरण गरिएको उहाँले बताउनुभयो ।

शिविरको लागि तीनजना पशु चिकित्सकसहित ८ जना प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएको थियो । कार्यालयले गत वर्ष सञ्चालन गरेको शिविरमा एकसय ९० वटा कुकुरको बन्ध्याकरण गरेको थियो । पछिल्लो समय बजारक्षेत्रका विभिन्न स्थानमा कुकुरको टोकाइबाट दुर्घटना बढेको गुनासो आइरहेको अवस्थामा भेटेरिनरी अस्पतालले सुरु गरेको अभियान निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ । बन्ध्याकरण गरेको कुकुरको पहिचान होस् भनेर दाहिने कानमा चिन्ह्र राखेको गुरागाइँले बताउनुभयो । उपचारमा संलग्न डा. आशिष गौतमले सुविधासम्पन्न क्लिनिकमा बन्ध्याकरणसहित कुकुरको उपचार गरिएको बताउनुभयो । ‘एउटा कुकुरलाई शल्यक्रिया गरेर बन्ध्याकरण गर्न करिब ३५ मिनेट लागेको उहाँले बताउनुभयो । बन्ध्याकरणका लागि कार्यालयले १० लाख बजेट विनियोजन गरेको जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...