एकसय ८९ कुकुरको बन्ध्याकरण

Published on

काठमाडौँ । पर्वतमा एकसय ८९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले तीन दिन सञ्चालन गरेको शिविरमा ११५ सामुदायिक र ७४ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको हो । सामुदायिक कुकुरहरुका कारण राजमार्ग तथा अन्य सडकमा दुर्घटना बढ्ने र विभिन्न रोगहरु फैलिन सक्ने भएकाले कुकुरको बन्ध्याकरण गरिएको जनाइएको छ । जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालिमप्राप्त पशुविज्ञको टोली तथा कार्यालयका कर्मचारीको सहयोगमा कुकुरलाई समातेर बन्ध्याकरण अभियान थालेको कार्यालय प्रमुख ऋषभ गुरागाइँले जानकारी दिनुभयो । राजमार्ग क्षेत्रमा बढी छाडा कुकुरहरु हुने र निम्त्याउन सक्ने दुर्घटनालाई ध्यानमा राखेर मोदी गाउँपालिकाको बजारक्षेत्र डिमुवा, जलजला गाउँपालिकाको मिलनचोक हुँदै कुश्मा र फलेवास नगरपालिकाको बजार क्षेत्रबाट कुकुरलाई समातेर बन्ध्याकरण गरिएको उहाँले बताउनुभयो ।

शिविरको लागि तीनजना पशु चिकित्सकसहित ८ जना प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएको थियो । कार्यालयले गत वर्ष सञ्चालन गरेको शिविरमा एकसय ९० वटा कुकुरको बन्ध्याकरण गरेको थियो । पछिल्लो समय बजारक्षेत्रका विभिन्न स्थानमा कुकुरको टोकाइबाट दुर्घटना बढेको गुनासो आइरहेको अवस्थामा भेटेरिनरी अस्पतालले सुरु गरेको अभियान निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ । बन्ध्याकरण गरेको कुकुरको पहिचान होस् भनेर दाहिने कानमा चिन्ह्र राखेको गुरागाइँले बताउनुभयो । उपचारमा संलग्न डा. आशिष गौतमले सुविधासम्पन्न क्लिनिकमा बन्ध्याकरणसहित कुकुरको उपचार गरिएको बताउनुभयो । ‘एउटा कुकुरलाई शल्यक्रिया गरेर बन्ध्याकरण गर्न करिब ३५ मिनेट लागेको उहाँले बताउनुभयो । बन्ध्याकरणका लागि कार्यालयले १० लाख बजेट विनियोजन गरेको जनाएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...