नेपाली समाज सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छः सांसद गौतम

Published on

काठमाडौँ । नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले अहिले नेपाली समाज सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै सांसद गौतमले यस्तो बताउनुभएको हो । उहाँले सङ्क्रमणकालमा अपेक्षित उपलब्धी नहुँदा जनतामा केही पनि भएन भन्ने भाष्य स्थापित हुँदै गइरहेको बताउनुभयो । उहाँले संसदभित्र हुने हरेक छलफल र निर्णयहरुले राष्ट्रिय राजनीतिमा ठुलो महत्त्व राख्ने उल्लेख गर्दैमा सबै सचेत हुन जरुरी रहेको जिकिर गर्नुभयो । सांसद गौतमले भन्नुभयो, ‘‘संसदभित्र हुने हरेक छलफल र निर्णयहरुले राष्ट्रिय राजनीतिमा एकदमै ठुलो महत्त्व राख्दछ । जनताको जीवनस्तरसँग प्रत्यक्ष सरोकार राख्ने विषयस्तुमाथिको छलफल र निर्णहरुलाई जनताले निकै आशा र भरोसा लिएर हेर्न लालयित हुन्छन् । यसर्थ हाम्रा बैठकमा सत्य र तथ्यमा आधारित विषयवस्तुलाई गहिराईमा बुझेर जनतामा भ्रम सिर्जना हुन नदिने, राष्ट्रसम्मान र राष्ट्रियतामा आँच नआउने गरी जनतामा निराशाको बिजारोपण नहुने गरी गरिनुपर्दछ ।’’

सांसद गौतमले सांसदहरु नै आरोप र प्रत्यारोपमा अल्झिरहँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा हुन नसक्ने बताउनुभयो । क्षणिक लाभका लागि आम जनतामा फैलाइएका झुटा भ्रम र समाचारले नैराश्यता मात्र जगाउने भएका कारण यसमा सबै सचेत हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामी आरोप र प्रत्यारोपमा अल्झिरहँदा समृद्ध नेपाल, सुखी नेपाली भन्ने हाम्रो लक्ष्य ओझेलमा पर्न सक्छ । क्षणिक लाभका लागि आम जनतामा फैलाइएका झुटा भ्रम र समाचारले नैरोश्यता मात्र जगाउँछ । यसले कसैलाई पनि दीर्घकालीन फाइदा पुर्याउदैन । यसतर्फ सबै सचेत बनौँ । अहिले नेपाली समाज सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । सङ्क्रमणकालमा हामीले अपेक्षा धेरै गरेका हुन्छौं । त्यसअनुसारको उपलब्धी नहुँदा केही पनि भएन भन्ने भाष्य स्थापित हुँदै गएको छ । हामीले सोचजति र चाहेजति प्रगति भएको छैन । तर केही क्षेत्रमा राम्रो सुधार भएका छन् ।’’ उहाँले सङ्घीय मन्त्रालयबीच समन्वय नहुँदा जनताको अपेक्षाअनुसार विकास निर्माणले तीव्रता पाउन नसकेको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...