नेपाली समाज सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छः सांसद गौतम

Published on

काठमाडौँ । नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले अहिले नेपाली समाज सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै सांसद गौतमले यस्तो बताउनुभएको हो । उहाँले सङ्क्रमणकालमा अपेक्षित उपलब्धी नहुँदा जनतामा केही पनि भएन भन्ने भाष्य स्थापित हुँदै गइरहेको बताउनुभयो । उहाँले संसदभित्र हुने हरेक छलफल र निर्णयहरुले राष्ट्रिय राजनीतिमा ठुलो महत्त्व राख्ने उल्लेख गर्दैमा सबै सचेत हुन जरुरी रहेको जिकिर गर्नुभयो । सांसद गौतमले भन्नुभयो, ‘‘संसदभित्र हुने हरेक छलफल र निर्णयहरुले राष्ट्रिय राजनीतिमा एकदमै ठुलो महत्त्व राख्दछ । जनताको जीवनस्तरसँग प्रत्यक्ष सरोकार राख्ने विषयस्तुमाथिको छलफल र निर्णहरुलाई जनताले निकै आशा र भरोसा लिएर हेर्न लालयित हुन्छन् । यसर्थ हाम्रा बैठकमा सत्य र तथ्यमा आधारित विषयवस्तुलाई गहिराईमा बुझेर जनतामा भ्रम सिर्जना हुन नदिने, राष्ट्रसम्मान र राष्ट्रियतामा आँच नआउने गरी जनतामा निराशाको बिजारोपण नहुने गरी गरिनुपर्दछ ।’’

सांसद गौतमले सांसदहरु नै आरोप र प्रत्यारोपमा अल्झिरहँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा हुन नसक्ने बताउनुभयो । क्षणिक लाभका लागि आम जनतामा फैलाइएका झुटा भ्रम र समाचारले नैराश्यता मात्र जगाउने भएका कारण यसमा सबै सचेत हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामी आरोप र प्रत्यारोपमा अल्झिरहँदा समृद्ध नेपाल, सुखी नेपाली भन्ने हाम्रो लक्ष्य ओझेलमा पर्न सक्छ । क्षणिक लाभका लागि आम जनतामा फैलाइएका झुटा भ्रम र समाचारले नैरोश्यता मात्र जगाउँछ । यसले कसैलाई पनि दीर्घकालीन फाइदा पुर्याउदैन । यसतर्फ सबै सचेत बनौँ । अहिले नेपाली समाज सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । सङ्क्रमणकालमा हामीले अपेक्षा धेरै गरेका हुन्छौं । त्यसअनुसारको उपलब्धी नहुँदा केही पनि भएन भन्ने भाष्य स्थापित हुँदै गएको छ । हामीले सोचजति र चाहेजति प्रगति भएको छैन । तर केही क्षेत्रमा राम्रो सुधार भएका छन् ।’’ उहाँले सङ्घीय मन्त्रालयबीच समन्वय नहुँदा जनताको अपेक्षाअनुसार विकास निर्माणले तीव्रता पाउन नसकेको बताउनुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...