म्याग्दे गाउँपालिकाद्वारा चिस्यान केन्द्र निर्माण

Published on

काठमाडौँ । किसानको उत्पादनको सुरक्षा र बजारिकणमा सहयोग पुर्‍याउन तनहुँको म्याग्दे गाउँपालिकाले चिस्यान केन्द्र (कोल्ड स्टोर्स) सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको तरकारीको भण्डारका लागि-३ मा तीन सय मेट्रिकटन क्षमता भएको सञ्चालन गरिएको हो । केन्द्रको शुक्रबार म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष श्रेष्ठले उत्पादनको सुरक्षित गरी किसानको आय वृद्धि गर्न तथा पालिकालाई आत्मनिर्भर बनाउन निर्माण गरिएको बताउनुभयो । किसानले दुःख गरी उत्पादन गरिएको वस्तुको उचित वजारीकरण नहुदाँ किसान मर्कामा परेकोले अब सहज हुने विश्वास अध्यक्ष श्रेष्ठले गर्नुभयो ।

उपाध्यक्ष वालकृष्ण घिमिरेले पहिलो प्राथमिकता किसानलाई दिइएकोले शित भण्डार निर्माण गरिएको बताउनुभयो । बिक्री नभएको त्यत्तिकै खेर जाने गरेकोमा कोल्डस्टोरमा राखेर बिक्री गर्न सक्ने गाउँपालिकाले जनाएको छ । प्रविधियुक्त बिउँ उत्पादन तथा कृषि प्रयोगात्मक केन्द्र निर्माण योजनाको दोश्रो चरणमा सम्पन्न गरिएको योजना आर्थिक वर्ष ०८०/०८१ मा वि.आर. कन्सट्रक्सन दमौलीले निर्माण गरेको हो । कुल दुई करोड ८६ हजार आठ सय ८२ रुपियाँमा निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । भण्डारण गर्न तथा बजार सम्म लैजान सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो, “बिक्री नभएको अवस्थामा कुहिएर खेर जानुभन्दा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि चिस्यान केन्द्र र कृषि एम्बुलेन्स र सञ्चालन गरेका हौं ।” व्यापारीले एकैपटक धेरै लान नसकेका तरकारी भण्डारण गरेर राख्न, विपतमा सडक अवरुद्ध भएका वेला बिक्री नभएर तरकारी त्यत्तिकै खेर जानबाट बचाउन भण्डारले मद्धत गर्ने गाउँपालिकाले जनाएको छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...