अखिल नेपाल महिला सङ्घको छ वटा पालिका अधिवेशन सम्पन्न

Published on

काठमाडौँ । नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घको जिल्लाका छ वटा गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न भएको छ। जिल्ला कार्य समिति गठनका लागि चौथो गाउँपालिका अधिवेशन फरक फरक मितिमा सम्पन्न भएका हुन्। सङ्घ हुम्लाकी अध्यक्ष मन्जु रावलले जिल्ला अधिवेशन गर्नु अगाडि गाउँपालिका अधिवेशन गर्नुपर्ने भएको कारण छ वटा गाउँपालिकामा अधिवेशन भएर नयाँ नेतृत्व चयन भएको बताउनुभयो। उहाँका अनुसार ताजाकोट गाउँपालिकामा कविता बोगटीको अध्यक्षतामा २१ सदस्यीय सङ्घको गाउँपालिका कमिटी गठन गरिएको छ।

अदानचुलीमा तारा रावल ऐडी, चङ्खेलीमा मिठु शाही, सर्केगार्डमा बाचकला शाही जैसी, खार्पुनाथमा गीता शाही र सिमकोट गाउँपालिका बाँचु रावतको अध्यक्षतामा गाउँपालिका कमिटी गठन गरिएको छ। अध्यक्ष लगायत उपाध्यक्ष दुई जना, सचिव, उपसचिव र कोषाध्यक्षसहित छ जना पदाधिकारी गाउँपालिका अधिवेशनले चयन गरेको छ। गाउँपालिकामा १५ जना सदस्य चयन भएका छन्। त्यसैगरी उत्तरी नाम्खा गाउँपालिकामा पनि एक दुई दिनमा पालिका अधिवेशन गरिने भएको छ। उहाँले चैत १ र २ गते हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको र सो प्रशिक्षणका लागि अनेम सङ्घ कर्णाली प्रदेशका अध्यक्ष भद्रा हमाललाई सहभागीता गराउन लागिएको छ। अनेम सङ्घको जिल्ला अधिवेशन भने आगामी २०८२ सालमा जेठ महिनामा गर्ने तयारी गरिएको छ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...