निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको पनि सुनाउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने दायित्व लिने र यसमा निजी क्षेत्रको पनि साथ लिने स्पष्ट गर्नुभयो । “शिक्षा क्षेत्रमा तपाईंहरु लगानी गर्नुस् । नियम, कानुनबमोजिम सम्पत्तिको हकको प्रयोग गर्नुस् । यो उद्योग होइन । अत्यधिक मुनाफा ननिकाल्नुस् ।’’ प्रधानमन्त्री ओलीले भन्नुभयो, “लगानी गरेर स्वदेशमै गुणस्तरीय शिक्षा दिनुस् । दक्ष र कुशल नागरिक उत्पादन गर्नुस् । लगानी गरेपछि कानुनले नाफा लिन पाइन्न भन्दैन । सेवा दिनुस् तर तपाईंहरू जोगी पनि नहुनुस् ।’’ प्रधानमन्त्री ओलीले विद्यार्थीलाई देशभक्ति, स्वाधीनता, वीरताको इतिहास सिकाउन र अरूको दान दक्षिणामा भर नपरी आफ्नै पाखुरामा विश्वास गर्न जोड दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्याब्सन गौरव, प्याब्सन रत्न आदि सम्मानबाट पूर्व अध्यक्ष भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डा। विजय सम्बाहाम्फेलगायतलाई सम्मान प्रदान गर्नुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...