झापाको बिर्तामोडमा झगडा स् युवा सङ्घका नेतासहित तीन जना घाइते

Published on

काठमाडौँ । झापाको बिर्तामोडमा ग्याङ फाइट हुँदा युवा सङ्घका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सहित ३ जना घाइते बनेका छन् । सोमवार राती १ बजेको समयमा तरबार प्रहारबाट एमाले निकट युवा सङ्घका झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका ४ बस्ने ३७ वर्षीय खगेन्द्रराज आङदेम्बे(राज), एमालेका बिर्तामोड नगर कमिटी सदस्य बिर्तामोड नगरपालिका ९ बस्ने ३५ वर्षीय विश्वदिप राजवंशी र बिर्तामोडकै एमाले कार्यकर्ता ३० वर्षीय अजय खवास घाइते भएका हुन् । घाइतेहरू सबैको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केन्द्रीय सदस्य खगेन्द्रको आइसियुमा र बाँकीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । घाइते आङदेम्बे एमाले कार्यकर्ता खगेन्द्र खालिङको घरमा राती १ बजे गएका थिए त्यहाँ विवाद हुँदा खालिङले तरबार प्रहार गरेका थिए । घाइते आङदेम्बेलाई रोक्न खोज्दा अर्का घाइते अजय खवासको हातको ४ वटा औँला काटिएको छ ।

खवासको शरीरको विभिन्न स्थान र अनुहारमा चोट लागेको छ । उहाँलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको युवा सङ्घका केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएका पर्वतराज भण्डारीले बताउनुभयो । यता अर्का घाइते विश्वदिप राजवंशीलाई भने बिर्तामोड नगरपालिकास्थित भद्रपुर रोडमा दरबार रेष्टुरेष्टबाट ओर्लिनसाथ मोटरसाइकलमा आएका ४ जनाको समूहले आक्रमण गरी घाइते बनाएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको र आक्रमणमा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । झगडामा सामेलहरू सबै जना एक अर्काका मिल्ने साथी भएको बुझिएको छ । उनीहरूबिच आर्थिक लेनदेनको विषयले झगडा परेको हो या राजनैतिक कारणले हो यसबारेमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...