विदेशी शक्तिको आडमा राजावादी

Published on

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनतामा बढ्दै गएको निराशा, असन्तुष्टिबाट प्रतिगमनकारी शक्तिले फाइदा उठाउन खोजेको निष्कर्ष निकालेको छ । माओवादी पदाधिकारीको सोमबार बसेको बैठकले विदेशी शक्तिको आडमा आन्तरिक कमजोरीको फाइदा उठाएर राजावादी शक्तिको मनोबल बढेको नेताहरूले बताएका हुन् ।

पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारले प्रभावकारी कार्यसम्पादन गर्न नसक्दा राजावादी शक्तिले चलखेल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले देश र जनताको पक्षमा प्रभावकारी काम गरेको भए यस्ता पुरातनवादी शक्ति सल्बल्याउने थिएनन् । सरकारले जनतालाई सन्तुष्ट बनाउने गरी काम गर्न सकेन । त्यसकै फाइदा उठाएर यथास्थिति, पुरातनवादी फेरि राजा ल्याउन सकिन्छ भनेर लागेका छन् ।” उहाँले अहिलेकै अवस्थामा राजसंस्था फर्किन सक्ने सम्भावना नभए पनि पुरातनवादीले अस्थिरता मच्चाउन खोजेको बताउनुभयो । यथास्थितिवादी, प्रतिगमनकारीलाई परास्त गर्दै भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा अभियान अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्को भूमिकालाई प्रभावकारी बनाउनैपर्ने छ । केन्द्रीय राजनीतिलाई हस्तक्षेप नगरेर केही हुँदैन भन्ने भयो । आफ्ना गतिविधि केन्द्रमा केही दिन जारी राख्ने छौँ । त्यसपछि तराईरमधेश जागरण अभियानमा लाग्ने छौँ ।” मङ्गलबार बस्ने पदाधिकारी बैठकले हुलाकी राजमार्गकेन्द्रित अभियानबारे निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

‘पार्टी विधानले महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र दिएको छ’

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानले कुनै...

चीन-अल्जेरिया अन्तरिक्ष सहकार्यः नयाँ उपग्रह प्रक्षेपण

काठमाडौं । चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘अल्जेरियाको भू-संवेदन उपग्रह’ सफलतापूर्वक...

दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज...