विदेशी शक्तिको आडमा राजावादी

Published on

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनतामा बढ्दै गएको निराशा, असन्तुष्टिबाट प्रतिगमनकारी शक्तिले फाइदा उठाउन खोजेको निष्कर्ष निकालेको छ । माओवादी पदाधिकारीको सोमबार बसेको बैठकले विदेशी शक्तिको आडमा आन्तरिक कमजोरीको फाइदा उठाएर राजावादी शक्तिको मनोबल बढेको नेताहरूले बताएका हुन् ।

पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारले प्रभावकारी कार्यसम्पादन गर्न नसक्दा राजावादी शक्तिले चलखेल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले देश र जनताको पक्षमा प्रभावकारी काम गरेको भए यस्ता पुरातनवादी शक्ति सल्बल्याउने थिएनन् । सरकारले जनतालाई सन्तुष्ट बनाउने गरी काम गर्न सकेन । त्यसकै फाइदा उठाएर यथास्थिति, पुरातनवादी फेरि राजा ल्याउन सकिन्छ भनेर लागेका छन् ।” उहाँले अहिलेकै अवस्थामा राजसंस्था फर्किन सक्ने सम्भावना नभए पनि पुरातनवादीले अस्थिरता मच्चाउन खोजेको बताउनुभयो । यथास्थितिवादी, प्रतिगमनकारीलाई परास्त गर्दै भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा अभियान अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्को भूमिकालाई प्रभावकारी बनाउनैपर्ने छ । केन्द्रीय राजनीतिलाई हस्तक्षेप नगरेर केही हुँदैन भन्ने भयो । आफ्ना गतिविधि केन्द्रमा केही दिन जारी राख्ने छौँ । त्यसपछि तराईरमधेश जागरण अभियानमा लाग्ने छौँ ।” मङ्गलबार बस्ने पदाधिकारी बैठकले हुलाकी राजमार्गकेन्द्रित अभियानबारे निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...