प्रक्रियागत जटिलताको समाधान प्राथमिकतामा : मन्त्री भण्डारी

Published on

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको शासकीय प्रणालीभित्रका प्रक्रियागत जटिलताको समाधान सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । आइतबार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न नीतिगत सुधारका काम अघि बढाएको बताउनुभयो । उहाँले मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवर्धन गर्न सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले आजको राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेकुरा सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले उद्योग र उद्यमशिलताको विकासबिना मुलुकको समृद्धि सम्भव नरहेको बताउनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न पहिलो कुरा नेपालको शासकीय प्रणालीभित्र जुन प्रक्रियागत जटिलताले जकडिएको छ । त्यसलाई अन्त्य गरेर मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवर्धन गर्न, आन्तरिक वा वाह्य लगानी प्रवर्धन गर्न हामी लागेका छौं । आजको राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेकुरा सरकारको प्राथमिकता हो । नेपालको शासकीय प्रणालीभित्रका जटिलताको समाधान गर्नेकुरा पहिलो प्राथमिकतामा राखेर नीतिगत सुधारको मार्ग प्रशस्त गरेका छौँ । नेपालको उद्यमशिलतामा थुप्रै आशालाग्दा महिला दिदिबहिनीहरूले प्रयत्न गरिरहनुभएको छ ।’ उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव नभएको उहाँको भनाइ छ । त्यसका लागि वर्तमान सरकारले थुप्रै नीतिगत सुधारका कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो । मन्त्री भण्डारीले नेपालमा सार्वजनिक कार्यालयमा स्वदेशी वस्तुको उपयोग बढाउनेगरी सरकारले आफ्नो कार्यक्रमहरू अघि बढाएको बताउनुभयो ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...