खैरो हिरोइनसहित पाँचजना पक्राउ

Published on

काठमाडौँ । कैलालीमा १७ ग्राम ९२० मिलिग्राम खैरो हेरोइन (लागुऔषध) सहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । धनगढी उपमहानगरपालिका–३ त्रिनगर नाकाबाट धनगढी उपमहानगरपालिका–६ का २८ वर्षीय आदित्य रानालाई दुई ग्राम ८६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ । गौरीफन्टाबाट मोटरसाइकलमा आउँदै गर्दा शङ्का लागेर प्रहरीले उनलाई चेकजाँच गरेको थियो ।

यसैगरी, खैरो हेरोइनको कारोबार हुने गरेको गोप्य सूचनाका आधारमा घोडाघोडी नगरपालिका–७ हरिनगरका २५ वर्षीय लक्ष्मण चौधरीलाई पक्राउ गरी उनको घरमा खानतलासी गर्दा प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीले चौधरीको घरमा कोटको खल्तीबाट १५ ग्राम ६० मिलिग्राम लागुऔषध बरामद गरेको छ । सोही कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले हरिनगरकै २५ वर्षीय राम चौधरी, २७ वर्षीय दुर्गेश चौधरी र बुटवलका ३५ वर्षीय रमेश कार्कीलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...